सल्यानमा ५ दिने कक्षाकोठामा कला शिक्षण तालिम सुरु

सल्यानमा ५ दिने कक्षाकोठामा कला शिक्षण तालिम सुरु

प्रकाश शर्मा ,चैत ०८, सल्यान

सल्यानको दार्मा गाउँपालिकामा सिक्षण सिकाइ क्रियाकलापलाइ दिगो बनाउने उदेश्यले कला शिक्षण तालिम सुरु गरिएको छ।

विज्ञापन

दार्मा गाउँपालिका सल्यानको आयोजना  तथा स्पेस पहिचानको खोजी संस्थाको आयोजनामा  ३६ वटा विद्यालयको  प्रतिनिधित्व हुनेगरी मा.वि र नि.मा.वि.का १० जना शिक्षकहरूलाई कला शिक्षण सिकाइ सम्बन्धि  ५ दिने तालिम आयोजना गरिएको हो।

तालिम उद्घाटन गर्दै दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के.सी.ले शिक्षण सिकाइ क्रियाकलाप बालबालिकाको बाल मनोबिज्ञान संग सम्बन्ध राख्ने भएकाले बालबालिकाको बाल मनाेबिज्ञानकाे आधारमा कक्षा कार्य सुरुवात गर्दा  सिकाइ दिगो हुने भएकाले बिद्यालयमा कला शिक्षणका माध्यमबाट कक्षा शिक्षण गर्ने उदेश्यले पालिकाले ५ दिने तालिमा आयोजना गरिएको  बताउनु भयो।

पालिकाको निति मा शिक्षालाइ उच्च प्रथमिकतामा राखेर निति निर्माण तथा बजेट व्यवस्था गरेकाले शिक्षालाइ व्यवहारिक बिद्यार्थीले शिक्षण सिकाइ क्रियाकलाप भित्र कक्षाकोठामा बस्ने खालकोगा शिक्षण विधिभित्र कला शिक्षण विधि भएकाले यसकाे कार्यान्वयनका लागि  कक्षा कोठाभित्र कला शिक्षण विधि सुरु गर्न यो तालिम महत्वपुर्ण भएको बताउनु भयो।

पहिचानको खोजीका सहज कर्ता शुरेस चन्दले  नाटकको माध्यमबाट कक्षा कोठामा शिक्षण सिकाइ कसरी गराउन सकिन्छ भन्ने विषयको कार्यक्रम भएकोले कक्षा कोठामा जाने विद्यार्थीको बालमनोबिज्ञानमा आधारित शिक्षण सिकाइ तालिम भएकाले अब शिक्षक विद्यार्थीले कला तथा साहित्य क्षेत्रबाट शिक्षण गर्न र सिक्न सक्छन् भन्ने उदेश्य तालिमको रहेको बताउनु भयो।

५ दिन  सम्म प्रशिक्षक प्रशिक्षण  तालिममा सहभागी भएका शिक्षकले अन्य विद्यालयका शिक्षकहरूलाई तालिम बताइएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता