राज्य मन्त्री विश्वकर्माद्वारा भेरीमा हराइरहेका दुई युवको खोजी कार्यमा पहलः एक जनाको सब भेटियो

राज्य मन्त्री विश्वकर्माद्वारा भेरीमा हराइरहेका दुई युवको खोजी कार्यमा पहलः एक जनाको सब भेटियो

माघ २७ सुर्खेत ।

भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर वेपत्ता भएका दुई जना  युवाको खोजी कार्य जारि भएको समयमा कर्णाली प्रदेश सरकार भाैतिक पूर्वाधार ऊर्जा तथा जलस्रोत राज्य मन्त्री उर्मिला विश्वकर्माले पहल  गर्नु भएको छ।

विज्ञापन

भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा विहिवार दिउँसो साढे एक बजेको समयमा दुई जना युवा पौडि खेल्न क्रममा  बगेर वेपत्ता भएको खबर प्राप्त भए लगतै मन्त्री घटना स्थलमा पुगि खोजी कार्यमा थप पहल गर्नु भएको हाे।

वेपत्ता हुनेमा डोल्पाको ठुलीभेरी नगरपालिका ५ माझफाल  घर भई हाल भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा दिदिकाे घरमा बस्दै आएका २२ वर्षीय मकर रोकाय सोही ठाउँका २१ वर्षीय बिबि रोकाय रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मन्त्री विश्वकर्माले खोजी कार्य भइरकेकाले शाेकमा परेको परिवारजनमा धैर्यधारण गर्न अनुरोध गर्नु भएकाे छ।

खोजी कार्यकै क्रममा   बिबि राेकायको सब  परेको  जिल्ला प्रहरी कार्यालय सुर्खेतकी प्रहरी निरीक्षक झरना सोनारले जानकारी दिनु भएको छ। भने मकर राेकायको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता