ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सल्यानमा आधुनिक बसपार्क निर्माणका लागि शारदा नगरपालिकाकाे  दोस्राे सुचना

सल्यानमा आधुनिक बसपार्क निर्माणका लागि शारदा नगरपालिकाकाे दोस्राे सुचना

पौष २८, सल्यान ।

सल्यानमा आधुनिक बसपार्क निर्माणकाे लागि नगरपािलकाले दाेस्राे सुचना प्रकाशित गरेकाे छ।

विज्ञापन

बसपार्क निर्माणका लागि श्रीनगर बजार नजिक रहेका सरकारी पर्ती ऐलानी जग्गामा बनेका अस्थायी संरचना हटाउन नगरपालिकाले जारी गरेको सुचनाको म्याद सकिन अब ३ दिन मात्र बाकी रहदा शारदा नगरपालिकाले अर्को सुचना जारी गरेको हाे ।

नगरपालिकाले गत  मंसिर २६ गते निकालेको ३५ दिने सूचना अनुसार बन्न लागेको आधुनिक बसपार्कको लागि सरकारी पर्ती ऐलानी जग्गामा बनेका घर टहरा तथा संरचनाहरू आफै स्वयमले माघ १ गते सम्म हटाउन सुचना जारी गरेको हो ।

बसपार्क क्षेत्र   भित्र सरकारी पर्ती ऐलानी जग्गामा जम्मा ७५ घर धुरी  रहेका छ्न । घर, टहराहरु तथा निर्माण भएका संरचनाहरू १ गते सम्म नहटाए  २ गते देखि नगरपालिकाले थप  कारबाही  प्रक्रिया अघि बढाइने नगरपालिकाले बताएको छ ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता