सिद्धकुमाख गाउँपालिका सल्यानमा  ५ वटै वडा लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान कार्यक्रम सम्पन्न

सिद्धकुमाख गाउँपालिका सल्यानमा ५ वटै वडा लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान कार्यक्रम सम्पन्न

मंसिर २० सल्यान

सिद्ध गाउँपालिका सल्यानमा ५ वटै वडामा १६ दिने लैङ्गिक हिसा बिरुद्धकाे कार्यक्रम सम्पन्न गरिएकाे छ।

विज्ञापन

गाउपालिका उपाध्यक्ष राम बहादुर बस्नेतकाे प्रमुख  आतिथ्यतामा पालिका का ५ वटै  वडामा १६ दिने लैङ्गिक हिसा बिरुद्धकाे अभियान सम्पन्न गरिएकाे हाे।

पालिकाले महिला तथा बालबालिका शाखा प्रमुख बिमला केसीलाइ पालिका वाट ५ वटै  वडामा १६ दिने लैङ्गिक हिसा बिरुद्धकाे अभियान सञ्चालन गर्ने प्रमुख जिम्मेवारी दिएकाे थियाे।

शाखा प्रमुख केसीकाे सहजीकरणमा सञ्चालन गरिएकाे अभियान आज सम्पन्न गरिएकाे हाे। अभियान  समापन कार्यक्रममा प्रमुख अतिथी रहेका बस्नेतले  २८ औं अन्तराष्ट्रिय १६ दिने महिला हिंसा बिरुद्धको अभियान  मनाउन संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको बताए।


नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । यो वर्ष ‘समानताको पुस्ता ः बलात्कारविरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ गाउँ बस्तीमा अभियान सञ्चालन गर्नुले महिला तथा किशोरीमा भएका समस्यामा थप जानकार भएकाे बताए। उनले भने  सहभागीहरुले लैंगिक समानता माग होइन : हाम्रो अधिकार हो , लैंगिक हिंसा अन्त्य गर, महिलाको कामको सम्मान : देशको निर्माण, महिला रोकिए संसार रोकिन्छ भन्ने जस्ता नारासहितका प्लेकार्ड बोकेर अधिकारकाे माग गर्दा आफु जिम्मेवार भएकाे बताए।

स्थानिय तहमा हुने घटनामा कम्तीमा ७५ प्रतिशत महिला हिँसा संग जाेडियर आउने भएकाले यसमा आफुले थप याेजना बनाएर आगाडी बढ्ने बताए।

नोभेम्बर २५ महिला हिंसा विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर शुरुवात भएको यस अभियान १० डिसेम्बर अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर १६ दिनसम्म विभिन्न कार्यक्रमहरु सहित मनाइन्छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता