ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) दार्मा गाउँसमितिको अध्यक्षमा कुश्मा चन्द

अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) दार्मा गाउँसमितिको अध्यक्षमा कुश्मा चन्द

चैत्र ६ सल्यान  प्रकाश शर्मा

अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) दार्मा गाउँ समितिको अध्यक्षमा कुश्मा चन्द निर्वाचित हुनु भएको छ।

विज्ञापन

अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) दार्मा काे गाउँ समितिको भेलाबाट चन्द अध्यक्षमा निर्वाचित हुनुभएको हो।

भेलाले चन्दको अध्यक्षतामा  ३ सदस्यीय पछि थप गर्ने गरी ४५ सदस्यीय गाउँ समित चयन गरेको छ।

जसको उपाध्यक्षमा  प्रतिमा मल्ल चन्द  पुष्पा सुनार भूमिसरा केसी  सचिव चन्द्रकला केसी  सह सचिव रुपा मल्ल चन्द  र कोषाध्यक्षमा  रुपा वली निर्वाचित हुनुभएको छ।

भेलामा बोल्दै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य टिका शर्मा वलीले सबै क्षेत्रबाट महिला सशक्तिकरणलाई अघि नबढाए राजनीतिक क्षेत्रमा अहिले महिलाले हासिल गरेको उपलब्धिसमेत गुम्ने खतरा रहेको बताउनु भयो।सैद्धान्तिक एवम् व्यवहारिक ज्ञानसहित राजनीतिक परिवर्तनमा महिलाको भूमिका अहम् हुने बताउनु भयो । नेपालले देशको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता रहेको बताउनु भयो ।

उहाँले महिला सशक्तिकरणलाई अझै प्रभावकारी तुल्याउनुपर्ने मा जोड दिनु यस्तै दार्मा गाउँ पालिका उपाध्यक्ष जुना मल्लले मुलुकको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र नेतृत्व रहदै आएको बताउँदै उहाँले  महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न संविधान र कानुनमार्फत आधारभूत व्यवस्थाहरू गरी त्यसलाई अभ्यासमा ल्याइएको बताउनु भयो । पछिला दिनमा विभिन्न रुपमा महिलाहरु आर्थिक, सामाजिक शोषण र भेदभावपूर्ण व्यवहारको सिकार भइरहेका बताउँदै उहाँले विभिन्न कुरीतिहरूलाई हटाएर सम्मान पूर्ण संस्कृतिको विकास गरी समान अधिकार स्थापित गर्न सबै लाग्नु पर्नेमा जोड दिनु भयो

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता