माओबादी केन्द्रद्वारा स्थानीय संग अन्तरक्रियाः कालिमाटी वडा नं ७ सघ प्रदेश र स्थानीय सरकारबाट छायामा पारिएको गुनासो

माओबादी केन्द्रद्वारा स्थानीय संग अन्तरक्रियाः कालिमाटी वडा नं ७ सघ प्रदेश र स्थानीय सरकारबाट छायामा पारिएको गुनासो

चैत्र १ सल्यान

नेकपा माओवादी केन्द्र कालिमाटी गाउँसमिति वडा नं ७ द्धारा स्थानिय सरोकारवालाहरु संग अन्तरक्रिया गरिएको छ।

विज्ञापन

नेकपा माओवादी केन्द्रको ३ महिने पार्टी सुदृढीकरण अभियान  अन्तर्गत माओबादी केन्द्र कालिमाटी गाउँ समिति वडा ७ ले स्थानीय सरोकारवालाहरू संग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

अन्तरक्रियामा नागरिकले संघ प्रदेश सरकार सगै स्थानीय सरकारले संघियताको कार्यान्वयन गर्नुको साटो झन बढी छायामा पारेको गुनासो गरेका छन।

कालिमाटी गाउँपालिका वडा नं ७ दाङ, सुर्खेत, बाँकेको बिचमा रहको कृषि उर्वर भूमि तथा बस्तीमा निर्वाचन प्रयोजनको लागि मात्र  नेता र स्थानीय सरकार प्रमुखको प्रतिबद्धतामा मात्रै सीमित  रहने गरेको निर्वाचन पछि छायामा पार्ने गरेकोले यसको विकल्पमा वडा नं ७ का नागरिकका समस्या र चुनौती र अवसर विषयमा माओबादी केन्द्र कालीमाटी गाउँ समितिको पहलमा नेता पुरुषोत्तम ले अन्तरक्रिया गर्नु भएको हो।

माओबादी केन्द्रको बिकास र समृद्धिका लागि पार्टि सुदृढीकरण अभियान अन्तरगत गरिएको अन्तरक्रिया कार्यक्रममा स्थानीय सरोकारवालाहरू सगै  राजनीतिक दलका प्रमुख प्रतिनिधिहरू संग गरिएको अन्तरक्रियामा कालिमाटी गाउँपालिका वडा नं ७ प्राकृतिक श्रोत र साधनको हिसावले सम्पन्न दाङ सुर्खेत बाँके गरी तिन जिल्लाको बीचमा रहेको क्षेत्रमा भएको राजनैतिक दलको छाया दृष्टि प्रति स्थानीयहरुले गुनासो गरेका छन।

संघ र प्रदेश सरकार भन्दा नजिकको सरकार स्थानीय सरकार भएता पनि स्थानिय सरकार स्थापना भएको ६ बर्ष वितिसक्दा पनि नागरिक दुइ दिनको पैदल यात्राबाट स्थानिय पालिका मुकाम सम्म पुगेर काम गर्दा नागरिक सास्ति मात्रै हैन पहिलेको गाविस भन्दा दुख पाएको जसबिरले दुख पोखे।

वडा नं ७ बर्सातको समयमा बबइ नदीबाट त्रैमान गर्मिको समयमा सुक्खाको समस्या र राष्ट्रिय निकुञ्जको नजिक रहेकाले वन्यजन्तुको त्रासमा बाँच्न नागरिक बाँध्य हुँदा स्थानीय सरकार रमिते रहेको उनले  गुनासो गरे।

हाल सम्म नागरिकका १२ वटा गाइ बस्तु बाघले खाइदिएको र अन्यबाली जंगली जनार वाँदर बदेलले सबै नष्ट गर्दा बस्तिको बिकल्प सोच्न बाध्य भएका तर नागरिकको समस्यामा स्थानीय सरकार गम्भिर नभएको मोहन महत्ताराले गुनासो गरे।

महत्ताराले भने अहिलेको स्थानीय सरकार नागरिक प्रति जति जवाफदेही हुनु पर्थ्यो त्यो नभए पार्टी कार्यकर्ता प्रति उत्तरदायी हुदा बिकासले गति लिन नसकेको बताउदै अहिलेको स्थानीय सरकारले नागरिलाइ सेवा दिनुको साटो राजनितिक पिडा दिएकाले अब यसको भण्डाफोर गर्नु पर्नु बताए।

बाटुल्ले घुइयाबारी जोड्ने पुल नहुदा जीवन मृत्यु संग शिक्षा हासिल गर्न बाध्यता हुदा स्थानीय सरकार मौन हुदा संघ र प्रदेश बाट झन छायामा परेको गुनासो गर्दै अब नागरिक एक जुट हुन आबश्यक भएको स्थानिय राजन रावतले बताए।

उनले भने  स्थानिय  सरकारबाट नागरिक  सेवा भन्दा राजनीति बढी  हुने गरेकाले यसको भण्डाफोर र खबरदारी गर्ने समय आएको बताए।

स्थानिय सरकारको पहलमा शिक्षा स्वास्थ्य सञ्चार यातायात र बिद्युतको पहिलो प्रथामिकता राखेर काम गरिरहेको भएता पनि हाल सम्म स्थानिय सरकारको पहलमा बबइ देखी बाटुल्ले सम्म १६ किमी मोटरबाटोको स्तर उन्नति हुन नसक्दा नागरिककले दैनिक सास्ती पाएको बिजुली बत्ति नभएको जंगली जनावरको आक्रमणले अम्वास बाटुले बस्ती नै स्थान्तरण गर्नु पर्ने भएकाले नारिकको पिडा बुझ्न जनप्रतिनिधीहरुले छायामा पारेको प्रति स्थानिय नागरिकले गुनासो गरेका छन।

बिकास र समृद्धिको लागि पार्टी सुदृढीकरण  अभियान अन्तर्गत कालिमाटी गाउँ पालिका वडा नं को र्याङमा स्थानीय सरोकारवालाहरू संग माओबादी केन्द्रका प्रदेश समिति सदस्य तथा निर्वाचन क्षेत्र नं २ ख का सचिव पुरुषोत्तम भट्टराइले अन्तरक्रिया मा नागरिकबाट आएका प्रश्नको उत्तर दिदै  कालिमाटी गाउँपालिका वडा नं ७ अहिले सम्म संघ प्रदेश सरकार र स्थानिय सरकारको छायामा रहेकाले अब नागरिक विकास र समृद्धिको लागि एकता बद्ध भएर एक ठाउँमा नभए सम्म विकास सम्भव नहुने बताउनु भयो।

बिकास  र समृद्धिको लागि  तिन महिने  पार्टी सुदृढीकरण अभियान अन्तर्गत कालिमाटीमाटीको र्याङमा वडा कमिटिको नेतृत्वमा भएको अन्तरक्रिया कार्यक्रममा अब नागरिकको भोटको हिसाब किताब गर्ने समय आएको बताउनु भयो।

अहिलेको स्थानीय सरकारको काम लाइ जनताले नजिक बाट मूल्याङ्कन गरेकाले  नागरिक संग जोड्ने नेतृत्व  काम तथा योजना माओबादी पार्टी संग मात्र भएको बताउनु भयो।

नागरिक जंगली जनावरको आतंकबाट विस्थापित हुदा आफूले  राहत तथा उद्धाको लागि पहल गरेको र अन्तरक्रिया कार्यक्रमबाट नागरिकको समस्यामा नजिक हुदै साक्षात्कार भएको र आफु सरकार बाहिर भए पनि नतिजा मुखी काम गर्ने प्रतिबद्धता राख्नु भएको थियो।

कार्यक्रममा अहिले सम्म बबइ देखि बाटुले सम्मको १६ किलो मिटर सडकको स्तर उन्नति   हुन नसक्नू बिजुलीको पोलमा तार छ तर सौर्य टुकीमा नागरिक दैनिकी चलाउनु पर्ने विद्यालय जाने बालबालिका जीवन जोमिखमा राखेर बबइ संग अंकमाल गर्दा स्थानीय सरकार लाचार भएको बताउँदै अब बाटुलेमा छिटै झोलुङ्गे पुलको पहल सगै अम्वास र बाटुलेमा भएको जंगली जनावरको आतंकबाट नागरिक सुरक्षित हुने पहल अगाडि बढाएको बताउनु भयो।

अन्तरक्रिया कार्यक्रममा स्थानीय नागरिकको पहलमा संघ प्रदेश र स्थानीय सरकार संग बहुबर्षिय योजना तथा कार्यक्रम तय गरी माग गरेका छन।

माओबादी केन्द्रका नेता पुरुषोत्तम भट्टराइको पहलमा माग गरिएका  योजनाहरु हेर्न फाइल खोल्न यहाँ थिच्नुहोस  

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता