ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
योङ्ग कम्युनिस्ट लिग नेपाल सल्यान द्वारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

योङ्ग कम्युनिस्ट लिग नेपाल सल्यान द्वारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

फागुन २३, सल्यान ।

योङ्ग कम्युनिस्ट लिग नेपाल सल्यानले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ।

विज्ञापन

नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल सल्यानले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र  बुझाएको हो।

१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौताको कार्यान्वयन गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन माग राख्दै ज्ञापनपत्र बुझाइएको योङ्ग कम्युनिस्ट लिग
कर्णाली प्रदेश अध्यक्ष शोभा राम भण्डारीले जानकारी दिए ।  भण्डारीका अनुसार केन्द्रीय कमिटीले प्रधानमन्त्री प्रचण्ड, प्रदेश कमिटीले मुख्य मन्त्री र जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र  बुझाएको बताए।

संगठनले  जनयुद्धका मुद्दा ब्यूँताएर  विस्तृत शान्ति सम्झौता तथा विभिन्न समयमा गरिएका राजनैतिक सहमतिको उपहास हुने काम भएकोले यो कानुनी अधिकार क्षेत्र भित्र नभइ राजनैतिक अधिकार क्षेत्र भएकोले यसको समाधान गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई चलायमान बनाउनु पर्ने माग गरिएको छ।

हाल देशमा भएका पछिल्ला राजनैतिक घटनाक्रमले शान्ति सम्झौताको ठाडो उलंगन भएकोले सरकारको ध्यानाकर्षण गर्न योङ्ग कम्युनिस्ट लिग नेपाल सल्यानले  प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको हो। १६ वर्षसम्म पनि शान्ति प्रक्रियाको टुंगो नलाग्नू दुखत हो । अब ढिलो गर्नु हुँदैन । पीडितले न्याय पाउनु पर्छ । ढिला न्याय दिनु भनेको न्याय नदिनु हो ।
ज्ञापनपत्र बुझाउन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य राजेन्द्र भण्डारी जिल्ला अध्यक्ष रमेश बुढाथोकी, वाइसिएलका जिल्ला अध्यक्ष धन बहादुर परियार लगायतको उपस्थिति रहेको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता