ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
राेल्पा प्रतिनिधी सभा सदस्यमा माओबादी केन्द्रका नेता बर्षमान पुन विजयी

राेल्पा प्रतिनिधी सभा सदस्यमा माओबादी केन्द्रका नेता बर्षमान पुन विजयी

मंसिर ८ राेल्पा

राेल्पा बाट प्रतिनिधि सभा सदस्यमा  माओबादी केन्द्रका नेता बर्षमान पुन विजयी भएका छन।

विज्ञापन

नेता पुनले एमालेका उम्मेदवार पुर्ण बुढा मगरलाइ झण्डै २६ हजारकाे फराकिलाे मतान्तरबाट पछाडि पार्दै तेस्राे पटक बिजयी भएका हुन।

नेता पुनले ४१ हजार ७ सय १४ मत प्राप्त गर्दा  बुढाले १६ हजार ४ सय ८५ मत प्राप्त गरेका छन।

२०६४ सालमा ललिपुर वाट संसदीय यात्रा तय गरेका पुनले २०७४ साल गरी  दाेस्राे पटक राेल्पाबाट प्रतिनिधी सभामा विजयी भएका हुन ।

नेता पुन २०६७ सालमा शान्ति तथा पुनर्निमाण मन्त्री २०७८ सालमा  अर्थमन्त्री हुदै २०७४ सालमा उर्जा तथा जलश्राेत तथा सिचाइ मन्त्री समेत भइसकेका छन ।

 

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता