बिसालु MCC लाई माओवादीले बिस झारेर संसदमा  अनुमोदन गरेको होः मन्त्री लामा

बिसालु MCC लाई माओवादीले बिस झारेर संसदमा अनुमोदन गरेको होः मन्त्री लामा

सल्यानको दार्मा गाउपालिकामा बिसाल जन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र दार्मा गाउपालिकाको आयोजनामा महान जनयुद्धको २७ औ वार्षिको उत्सव तथा सहिद दिबसको अबसरमा बिसाल जन प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो।

बिसाल जन प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथी कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातारण मन्त्री माननिय छिरीङ डम्डुल लामा कार्चेन ले नेपालका दक्षिण पन्थी तथा अमेरीकी सम्राज्य बादी दलालका कारण नेपालमा MCC जस्तो विसालु राष्ट्रघाती सम्झौतालाइ १२ बुदे ब्याख्यात्मक टिप्पनी सहित संसदमा लिएर बिष झार्ने पार्टी माओवादी केन्द्र नै भएको बताए।
उनले भने आजको दिन बलिदानको दिन भएकाले यसलाइ संस्थागत गर्न महान जनयुद्धको सम्झना गर्नु नै माओबादी आचरण भएको बताए १७ हजार जन्ताको बलिदानले अहिले गाउँ गाउमा सिहँ दरबार भएको केन्द्रित एकात्मक राज्यसत्ता भत्कायर संघिय गणतन्त्र प्राप्त भएको दावी गरे।

विज्ञापन

मन्त्री लामा ले मेरो शरिरमा सदिद को रगत लट्पटियको ले सहिद को सपना मा धोका नदिने प्रतिबद्धता प्रकट गरेका थिए।
सभा लाई सम्वोधन गर्दै निम बहादुर केसि अरुणले आजको दिन सहिद को रगत बाट प्राप्त भयकोले नेपाली जनताले संघियता गणतन्त्र समावेशी , दार्मा गाउपालिका का अध्यक्ष समेत रहेका केसि ले गएका ५ बर्षमा बिधुतमा ७० प्रतिशत काम सम्पन्न भयको बताउदै ।
प्रदेस र संघ सरकारले दार्मा लाई बजेटमा ठकेकाले हामिले चहेरपनि आर्थिक अभाब को कारण दार्मा गाउपालिका मा विकाश गर्न नसकेको बताए ।

दार्माको विसाल जन सभा हजारौको उपस्थिती

नेता भिम प्रकाश सर्मा ले दार्माली जनता ले नेतृत्व एकता बद्ध हुना प्रशिक्षित गरेको बताउदै नेपाल मा पार्टी टुट फुट नभयर एकता बद्ध हुना अनुरोध गरे ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेस सदस्य तथा सल्यान जिल्ला अध्यक्ष कृर्ति बहादुर पुन मान सिङ विक रमेश मल्ल, जुना मल्ल ,अनन्त प्रशाद शर्मा ,बाशुदेब मल्द ,रत्न बहादुर ओली ,ज्ञान बहादुर ओली लगायत ले सम्वोधन गरेका थिए
विभिन्न सस्कृतिक झाकि हरु प्रर्दशन गरी सरु गरिएको बिसाल जन प्रशिक्षण कार्यक्रममा करिव ३ हजारको सहभागीता रहेको कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी २ दर्जन बढीले माओबादी केन्द्रमा प्रबेस गरेका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता