नेकपा एमाले सल्यानको नवौ जिल्ला अधिबेशन सल्यान खलंगामा उद्धघाटनः बन्द सत्र भोली हुने

नेकपा एमाले सल्यानको नवौ जिल्ला अधिबेशन सल्यान खलंगामा उद्धघाटनः बन्द सत्र भोली हुने

पुष २३ सल्यान

नेकपा एमाले सल्यानको नवौँ जिल्ला अधिबेशन आज सल्यान खलांमा उद्धघाटन भएको छ।

विज्ञापन

नेकपा एमालेका नेता पोलिटब्युरो सदस्य तथा प्रदेश सभा क का सासंद गुलाव जंग शाहको प्रमुख आतिथ्यतामा नवौ जिल्ला अधिबेशन आज जिल्लाकाो सदरमुकामबाट र्याली गरी सुरु भएको हो।

जिल्लाको सदरमुकाम खलंगा स्थित टुडिखेलमा सुरु भएको नवौ जिल्ला अधिबेशनको उद्धघाटन  प्रमुख अथिती नेता शाहले गरेका छन।

उद्धघाटन  कार्यक्रमलाइ सम्बोधन गर्दै नेता शाहले देशको समृद्धी तथा बिकास एमालेको पालामा नै भएको दावी गरेका छन।

हिजो मुलुक परिवर्तनको सन्दर्भमा एमालेलेका संस्थापक नेता पुस्पलाल देखि नै सुरु भएको बताए।

उनले भने मनमोहन अधिकारीको पालामा ९ महिना सञ्चालन भएको सरकारले समाजिक सुरक्षा भत्ताको कार्यक्रमबाट जेष्ठ नागरिकलाइ सामाजिक सुरक्षा दिने कार्य थालनी गरेकाले अहिले त्यसको लोकप्रियता झन बढ्दै गएकोले गाउ गाउमा एमालेको कार्यकर्ता हिजो पनि थिए आज झन बढेको बताए।

देशको रुपान्तरणमा नेता केपी वली सकारात्मक भएको भएता पनि देशलाइ समृद्धी तिर लिन नखोज्ने नेता तथा पार्टीका कारण कम्युनिष्टमा टुटफुट बिभाजन भएता पनि अब एमाले सबैतहको निर्वाचनमा एक्लै जाने बताएका छन।

पार्टीका जिल्ला अध्यक्ष गोबिन्द पुनको अध्यक्षतामा सुरु भएको उद्धघाटन कार्यक्रमा पार्टीका प्रदेश कमिटी सदस्य लोक बहादुर डाँगी, मनोज प्रधान तिलक मल्लको बिशेष उपस्थिती भएको कार्यक्रमको स्वागत पार्टीका उपाध्यक्ष भिम बहादुर सेन तथा  सञ्चालन पार्टीका उपसचिव दान बहादुर केसीले गरेका थिए।

 नवौ जिल्ला अधिबेशनको बन्द सत्र  भोली हुने प्रचार बिभाग प्रमुख दिपेन्द्र प्रकास डाँगीले बताए। 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता