नेकपा एमाले जिल्ला समिती सल्यानको ९औ जिल्ला अधिबेशन पौष २३ गते हुने

नेकपा एमाले जिल्ला समिती सल्यानको ९औ जिल्ला अधिबेशन पौष २३ गते हुने

१९ पौष सल्यान

नेकपा एमाले जिल्ला समिती सल्यानको ९ औ जिल्ला अधिबेशन पौष २३ गते सल्यान सदरमुकाम खलंगामा हुने भएको छ।

विज्ञापन

मंसिरमा १० ‌औ राष्ट्रिय सम्मेलन सम्पन्न गरेको एमालेले ७७ जिल्लाका जिल्ला अधिबेशन गर्ने निर्णय अनुसार सल्यान जिल्लाको ९ औ जिल्ला अधिबेशन पौष २३ गते हुने नेकपा एमाले आयोजक समिती सल्यानले जनाएको छ।

९ औ जिल्ला अधिवेशनको लागि लोगो सार्वजनिक गर्दै लोगोमा देब्रेपट्टी कम्युनिष्ट पार्टीको झण्डा, बिचमा पार्टीको चुनाव चिन्ह सुर्य, सुर्यको बिचमा सल्यान जिल्लाको नक्सा र पर्यटकिय स्थलहरू, उक्त सुर्यको वरपर नवौं जिल्ला अधिवेशनको प्रतिकका रुपमा ९ वटा सुर्य- हँसियाहतौडा अंकित पार्टीको लोगो सहित जिल्लाका धार्मिक पर्यटकिय स्थल एवम् जिल्लाको उत्पादनसँग जोडिएका कुपिण्डे ताल, खैराबाङ मन्दिर र छत्रेश्वरी शक्तिपिठ जस्ता सम्पदा समेत समाबेश गरिएको प्रचार बिभाग प्रमुख दिपेन्द्र प्रकास डिसीले जनाएका छन।


उनका अनुसार पुस २३ गते उद्घाटन हुने जिल्ला अधिवेशनका लागि १० वटै पालिकाबाट प्रतिनिधि मुलक तरिकाबाट ३३ % महिला सहित दलित, जनजाति, अपांगता सबै क्षेत्र र वर्गलाई समेटर सर्वसम्मत रुपमा भुगोलबाट ४०१ प्रतिनिधि छनोट गरिसकेको बताए ।
अधिवेशन उद्घाटन पुस २३ गते सल्यान सदरमुकाम खलंगाक टुडिखेलको मैदानमा मध्यान्न १२ बजे नेकपा एमाले पोलिटब्युरो सदस्य कर्णाली प्रदेश सह – ईन्चार्ज गुलाव जंङ शाहले गर्ने कार्यक्रम रहेको बताइएको छ।

उद्धघाटन मा आउने सहभागीको लागी यातायात ब्यबस्था गरेको बन्द सत्र पुस २४ गते बिहान ८ बजे देखि जिल्ला समन्वय समितिको हल खलंगामा हुने र ९ ओैँ जिल्ला अधिवेशनबाट अध्यक्ष १ जना, उपाध्यक्ष १ जना, सचिव १ जना उप – सचिव २ जना सहित ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्ने संयोजक डिसीले जानकारी दिएका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता