नेपाल दलित मुक्ति अभियान एक बर्ष पुरा गरेकाे अवसरमा क्यालेन्डर बिमाेचन

नेपाल दलित मुक्ति अभियान एक बर्ष पुरा गरेकाे अवसरमा क्यालेन्डर बिमाेचन

नेपाल दलित मुक्ति अभियान” एक बर्ष पुरा गरी दोस्रो बर्षमा प्रवेश गरेको गरेकाे छ । बनायाै आफ्नाे पहिचान छुवाछुत मुक्त समाज निर्माण हाम्राे अभियान भन्ने उदेश्य राखी नेपालकाे जातिय बिभेद तथा छुवाछुत मुक्त समाज निमार्णकाे लागी गौरबपुर्ण इतिहास काे दिन ०७७/०३/२५/ मा स्थापना भएकाे अभियानले आफ्नाे प्रथम बार्षिक उत्सवआज केन्द्रिय कार्यलयमा एक कार्यक्रममाे आयाेजना गरी क्यालेन्डर बिमाेचन तथा शुभकामना आदनप्रदान गरेकाे छ।

अभियानले समाज मा रहेको बिध्यमान जातिय छुवाछुत जस्तो अपराध बिरुद्ब को अभियान मा सङ्गठित भयर धावा बोल्ने मुक्ति अभियान सुरुवात गरेको दिन लाइ इक विशेष तथा एतिहासिक दिनकाे रुपमा मनाएकाे उपाध्यक्ष कमला परियार प्रेरणाले बताइन।

विज्ञापन

अभियानले नेपालकाे संघिय संरचना तथा सरकारमा दलित समुदायकाे उपस्थिती काे वारेमा समिक्षा गर्दै प्रथम बार्षिक उत्सव काे अबसरमा जातिय बिभेद विरुद्ध हातेमालाे गर्न अभियानकाे क्यालेन्डर बिमाेचन गरेकाे परियारले बताइन ।

छ वटै प्रदेश मा प्रदेश भेला सम्पन्न गरेकाे अभियानले नेपालमा जातिय बिभेदकाे अबस्था र रुमुक साेती घटना,अंगिरा प्यासी, माया बिक,सम्झना बिक, निर्मला पन्त , भागीरती भट्ट तथा सुजिता भण्डारीकाे घटनालाइ गम्भिर रुपमा उठान गरी सामाजिक न्यायकाे लागी मानव अधिकार आयाेग तथा अदालत प्रति गम्भिर ध्याषर्कण भएकाे जानाएकाे छ।

सङ्गठन लाई यो उचाइ सम्म ल्याउन योगदान गर्नुहुने केन्द्रीय समिति सचिवालय प्रदेश समिती जिल्ला समिति आम मुक्ति कामि जनसमुदाय तथा शुभ चिन्तक हरुमा सङ्गठन को तर्फबाट शुभकामना तथा आदानप्रदान गरिएकाे बताइएकाे छ।

गौरव सालि सङ्गठन लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगमा यो उचाई सम्म पुराउन योगदान गर्नु हुने आम संगठनका जिम्म्वार पदाधिकारी तथा शुभचिन्तककाे सम्मान गर्दा आाज संगठनकाे गरिमा भएकाे र सङ्गठन लाई अझ उच्च योगदागर्नु हुन्छ भन्ने आसा गरिएकाे छ।

देशमा बिध्यमान सामाजिक, सास्कृतिक, राजनैतिक,आर्थिक रुपले पछाडी पारिएका वर्ग समुदायमा गरिएकाे विभेद र बिभेदबाट मुक्ती गर्ने उदेश्यले नेपाल दलित मुक्ती अभियन एक बर्षमै देशकाे संगठित संस्थाकाे रुपमा बिस्तार गर्न सफल भएको उल्लेख गरिएकाे छ

साथै अभियानले आफ्नाे कार्ययाेजना तयार पारी लगतै प्रदेश नं ३ काे सम्मेलन गर्न अन्तिम तयारीमा पुगेकाेले सबै शक्ती भेलामा केन्द्रित हुन अध्यक्ष सुनिल लाेहनी ले निर्देशन गरेका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता