रैनादेवी छहरा सम्पर्क समाज रुपन्देही द्धारा नया बर्षको शुभकामना आदान प्रदान 

रैनादेवी छहरा सम्पर्क समाज रुपन्देही द्धारा नया बर्षको शुभकामना आदान प्रदान 

 

बुटवल -­ रैनादेवी छहरा सम्पर्क समाज रुपन्देहीले नव वर्ष २०८१ सालको अवसरमा शुक्रवार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । रैनादेवी छहरा गाउंपालीकाबाट रुपन्देही जिल्लामा आई विभिन्न पेशा व्यवसाय गरि स्थाई तथा अस्थाई रुपमा बसोबास गरेका व्यक्तिहरु विच परिचयात्मक तथा शुभकामना आदानप्रदान गरेका छन ।

विज्ञापन

कार्यक्रममा हेमनाथ शर्मा, टोपलाल शर्मा , अमृत वेवारे,मिन प्रसाद पौडेल, नारायण रायमाझी, शुरेश पौडेल, झविन्द्र रायमाझी, लगाएतले बोल्दै रैनादेवी छहरा गाउंपालीकाबाट रुपन्देहीका विभिन्न स्थानमा छरिएर रहेकाहरुलाई जुटाउने काम रैनादेवी छहरा सम्पर्क समाज रुपन्देहीले गरेको भन्दै खुशी व्यक्त गर्दै आगामी दिनमा सबैले हातेमालो गरि अगाडि बढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रम संस्थाका अध्यक्ष राम बहादुर राउतको अध्यक्षता तथा सचिव मदन पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।