तिलोत्तमा नगरपालीका विद्यालयहरुले पोसाक बिक्री गर्न नपाउने

तिलोत्तमा नगरपालीका विद्यालयहरुले पोसाक बिक्री गर्न नपाउने

बुटवल – तिलोत्तमा नगरपालीका भित्रका सामुदायिक र संस्थागत विद्यालयहरूले आउँदो शैक्षिक सत्र २०८१ का लागि प्रयोग गर्ने पोसाक आफ्नै विद्यालयबाट वा विधालयले तोकिएको स्थानबाट बिक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन् । नगरको शिक्षा शाखाले विद्यालयहरूलाई परिपत्र गर्दै प्रचलित कानुन विपरीत नगर्न सचेत गराएको छ ।

सामुदायिक तथा संस्थागत शैक्षिक संस्थाहरुले विद्यार्थीले प्रयोग गर्ने कपडाको रंग विधालयको सुचना पार्टीमा राखी नगरलाई जानकारी दिनुपर्ने ,कम्तिमा ५ बर्षसम्म कपडाको रंग परिवर्तन नगर्न तथा विधार्थी र अभिभावकलाई स्वतन्त्र रुपमा आफुले चाहेकोे पसलबाट कपडा खरिद गर्न पाउने वातावरण सिर्जना गर्न नगरले निर्देशन दिएको छ ।

विज्ञापन

विद्यालयहरूले परिपत्र विपरीत कार्य गरेको पाईएमा शिक्षा ऐन २०२८,शिक्षा नियमावली २०५९ तथा नगर शिक्षा नियमावली २०७४ बमोजिम कारबाही हुने नगरपालीकाकोे सूचनामा उल्लेख छ ।