पाल्पालमा अपाङ्गता भएका ब्यक्तिले पाए न्यानो कपडा

पाल्पालमा अपाङ्गता भएका ब्यक्तिले पाए न्यानो कपडा

पुष २२ पाल्पा

सन्जु देबि परियार

विज्ञापन

पाल्पालमा अपाङ्गता भएका ब्यक्तिलाइ न्यानो कपडा बितरण गरिएको छ।

रामपुर नगरपालिका वडा नं ४ का “क” र “ख” बर्ग भित्र पर्ने २०जनालाई न्यानो कपडा बितरण गरिएको हो।

अपाङ्गता भएका ब्यक्तिलाइ मौसमी जाडोको कारणले निमोनिया हुने भएको र निमोनियाका कारणले पछिल्लो समयमा बढेको ओम्रिकोन भाइरसबाट बचाउने उदेश्यले न्यानो कपडा बितरण गरिएको छ।

अपाङ्गता भएका२० जना  ब्यक्तीलाइ बल्याङकेट सहितका सामाग्री बितण गरिएको छ।

ओम ब.रानाको अध्यक्षता तथा जेष्ठ सदस्य शमसेरदिन मियाँको प्रमुख आतिथ्यता बितरण गरिएको कार्यक्रमको अपाङ्ग समन्वय समिती रामपुरका संयोजक युवराज रेग्मी ,नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका स- सचिब हमिद मिया , वडा न.४ का अपाङ्ग समितिका संयोजक बल ब पोख्रेल र कालिका मा . बि . का शिक्षक ज्ञान ब दर्जी लगायतको उपस्थित भएको कार्यक्रमको संचालन वडा वडा सदस्य पार्वती परियारले गरेकी थिइन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता