लुम्बिनी  प्रदेश सरकारले  गर्याे ८ महत्वपुर्ण जनमुखी निर्णय

लुम्बिनी प्रदेश सरकारले गर्याे ८ महत्वपुर्ण जनमुखी निर्णय

रुपेन्देही २०७८ श्रावन २८

देशमा अस्थिरता तथा संबैधानिक संकट पटक पटक झलेकाे नेपाली राजनितीले काेल्टाे फेरे सगै केन्द्र तथा प्रदेशमा यसकाे प्रभाव परेकाे छ। असबैधानिक कदम बिरुद्ध एकता र स्थायी सरकार गठन गरी संघियता र संबिधानकाे रक्षा गर्न केन्द्र सरकार गठन भएकाे केही महिना पछि लुम्बिनी प्रदेशमा प्रभाव मात्र हैन सरकार नै फेरिएकाे छ।

विज्ञापन

माओवादी केन्द्रकाे नेतृत्वमा आज गठन भएको लुम्बिनी प्रदेश सरकारले आठ वटा महत्वपुर्ण जनमुखी निर्णय गरेको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीको अध्यक्षतामा साँझ बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु यस्ता छन् :

– प्रदेश नम्बर ५ प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने ।
– कोभिड–१९ का बिरामीको तत्काल उद्धार गर्न हटलाइन र सवारी साधन ९एम्बुलेन्स० को व्यवस्था गर्ने र सोको खर्च प्रदेश सरकारले व्यहोर्ने ।

– कोरोना प्रभावित क्षेत्रमा घुम्ती शिविरमार्फत एन्टिजेन परीक्षणको व्यवस्था गथरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने ।
– कोभिड–१९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाइ प्रदेशवासी जनतालाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने ।
– प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्कालाई तोकिएको छ भने मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णय ।

– क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फेर्ने बिरामीहरुलाई उपचारका लागि हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारका तर्फबाट थप दुई लाख रुपैयाँका दरले उपलब्ध गराउने ।
– मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको मागको आधारमा एउटा पोर्टेबल अल्ट्रासाउन्ड मेसिनसहित तालिमप्राप्त नर्स उपलब्ध गराउने ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता