पाल्पा जिल्लाकाे रामपुर नगरपालिकालाइ यु‍.ए.इ रहेका रामपुरका युवाकाे पहलमा स्वास्थ्य सामाग्री सहयाेग

पाल्पा जिल्लाकाे रामपुर नगरपालिकालाइ यु‍.ए.इ रहेका रामपुरका युवाकाे पहलमा स्वास्थ्य सामाग्री सहयाेग

श्रावन ३ सन्जुदेवी परियार पाल्पा

रामपुर नगरपालिका बाट राेजगारकाे शिलशिलामा यु. ए. इ रहेका रामपुर नगरपालिका का युवाहरुकाे पहलमा काेभिड महामारी राेकथाम तथा न्युनिकरण गर्न रामपुर नगरपालिका लाइ स्वास्थ सामाग्री सहयाेग गरिएकाे छ ।

विज्ञापन

बिस्वब्यापी रुपमा फैलिएको कोभिड १९ को दाेस्राे चरणकाे महामारी तथा असर बाट देश नै प्रभावित भइरहेको बेला रामुर नगरपालिका बाट यु .ए.इ मा रहेका युवाहरुकाे पहलमा उक्त स्वास्थ्य सामाग्री सहयाेग गरिएकाे हाे।

यु .ए .इ .मा रहेकी रामपुर नगरपालिका निवासी ओमकुमारी खाँणको बिशेष पहल तथा पाल्पाली कान्छाको सहभागितामा २ लाख ४० हजार बराबरको स्वास्थ सामाग्री ५/५ लिटरका ४ थान अक्सिजन कन्सन्टेर्टर एक कार्यक्रमका बिच रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापालाइ हस्तान्तरण गरिएको हाे।

स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा नगरप्रमुख थापाले बिदेशमा रहेर पनि स्वदेशको पिडालाइ सम्झेर आर्थिक रकम संकलन गरि रामपुर नगरपालिकाका नागरिककाे स्वास्थ्यमा ख्याल गरी कोरोना महामारीकाे जोखिम न्यूनीकरण होस भन्ने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गर्ने यु ए इ मा रहेका रामपुर नगरपालिकाका युवालाइ लाई धन्यबाद दिएका थिए।

रामपुर नगरपालिकाकाे कार्यकक्षमा सहयाेग हस्तान्तरण गरेकाे कार्यक्रममा नगर स्वास्थ शाखा प्रमुख गिरिराज घिमिरे , रामपुर नगरपालिकाका प्रबक्ता एवं वडा न ६ का वडाअध्यक्ष हुमनाथ न्यौपाने र रामपुर नगरपालिका वडा न ५ का वडाअध्यक्ष हिमाल मल्लकाे उपस्थिती रहेकाे कार्यक्रमको सन्चालन सीता डोटेलले गरेकाे थिइन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता