पाल्पाकाे रामपुर नगरपालिका वडा नं ४काे आमा समुहले बाँडयाे फलफुलका विरुवा

पाल्पाकाे रामपुर नगरपालिका वडा नं ४काे आमा समुहले बाँडयाे फलफुलका विरुवा

सन्जुदेवि परियार पाल्पा

पाल्पा जिल्लाहकाे रामपुर नगरपालिका ४ मा जुनतारा आमा समूहले फलफुलका विरुवा वितरण गरेकाे छ।

विज्ञापन

आमा समुहले सबै आमाकाे घरमा अनिवार्य फलफुल र फलफुलबाट पाेषण भन्ने नारामा साथ सबै आमालाइ फलफुलकाे विरुवा वितरण गरेकाे बताएकाे छ।

उक्त समुहले आँप लिची र कागतिको बिरुवा बितरण गरिएको जनाएकाे छ। रामपुर नगरपालिकालाइ फलफूलमा आत्मनिर्भर बनाउनकाे लागी भु – तथा जलाधार ब्यबस्थापन डिभिजन कार्यालय तानसेन पाल्पाले विरुवा विरुवा आमा समुहलाइ उपलब्ध गराएकाे हाे।

मागपत्र पेश गरि बिरुवा उपलब्ध गराएको र आफ्नो आमा समुहको सदस्य लाई मात्र नभइ दर्छा कालिका मगर समुहका प्रत्येक सदस्य हरुलाइ समेत बिरुवा बितरण गरेको जुनतारा आमा समुहकी अध्यक्ष दुर्गा देवि रानाले बताइन।

भौतिक बिकासका संरचना निर्माणमा सबै भन्दा बढी विरुवा नै सिकार हुने भएकाले जैविब बिबिधता कायम गरी जिविकाे पार्जनमा सघाउन घर एक बिरुवा रोप्नुपर्छ भन्ने अभिप्रायले ५०० वटा आँप , लिची र कागतिको बिरुवा बितरण गरिएको बताइएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता