मन्त्री शर्माका ३ सय ३६ दिन नितिगत सुधार देखि किसानको समृद्धि सम्म

मन्त्री शर्माका ३ सय ३६ दिन नितिगत सुधार देखि किसानको समृद्धि सम्म

चैत २२ सुर्खेत

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले पदवहाल भएको ३ सय ३६ दिनमा मन्त्रालयमा गरेका मुख्य मुख्य कार्यहरुको सार्वजनिक गर्नुभएको छ।

विज्ञापन

सल्यान प्रदेश सभा क बाट निर्वाचित मन्त्री भिम प्रकाश शर्माले २०७९ साल माघ ११ गते देखि २०८० साल चैत २१ गते सम्मको ३ सय ३६ दिनमा भएका मुख्य मुख्य कार्यहरुको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै  मन्त्रालयमा नितिगत सुधार देखि किसानको समृद्धि सम्म प्रदेश सरकार पुग्न सफल भएको दावी गर्नुभएको छ।

कर्णाली प्रदेशको  समृद्धि कृषि र वन बाट मात्रै सम्भव भएको बताउदै प्रदेश सरकारको कृषि र वन बाट मात्रै किसानको समृद्धि हुने जकिर गर्नु भयो।

ब्यबस्था परिवर्तन भयो तर नागरिकको जीवन शैलीमा परिवर्तन नहुदा सरकार नभएको अनुभूति नहोस भनेर प्रदेश सरकारले निति गत सुधार देखि किसानको समृद्धिको खाका तयार पारेको बताउनुभयो।

राजनितिक स्थिरता कायम नभए सम्म  जनतामा खुसि दिन नसक्ने  भएको ले स्थिर राजनितिको लागि अहिलेको  निर्वाचन प्रणालीमा सुधार गर्न  सके प्रदेशको मुहार फेर्न सक्ने बताउनु भयो।

अहिले अंक गणितीय  खेल बाट सरकार निर्माण हुने ढाल्ने राजनैतिक खिचातानीले  काम गर्ने वातावरण नभएको बताउदै पदवहाल रहदा सम्म  जनताको समृद्धिमा लागेको उल्लेख गर्नु भएको छ।

बिस्तृत कार्यप्रगति हेर्ने यहाँ क्लिक गर्नुहोस 

कार्य प्रगति

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता