किसानको परिचय पत्रले भू-उपयोगमा पहुँच पुग्छः मन्त्री शर्मा

किसानको परिचय पत्रले भू-उपयोगमा पहुँच पुग्छः मन्त्री शर्मा

चैत ६ सुर्खेत

वर्गिकरण सहितको किसान परिचयपत्र वितरणले भू उपयोगमा पहुँच पुग्ने  कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माले बताउनु भएको छ।

विज्ञापन

लेकवेशी नगरपालिकाको आयोजनामा नगरपालिकाको  वडा नं १ लेखफर्सा सुर्खेतमा आयोजना गरिएको किसान वर्गीकरण सहितको परिचय पत्र वितरणको शुभारम्भ कार्यक्रमका प्रमुख  अतिथि  तथा कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शर्माले किसान  अम्बर बहादुर थापालाई  परिचय पत्र वितरण गरि ओैपचारिक रुपमा शुभारम्भ  गर्द‌ै  वर्गिकरण सहितको किसान परिचयपत्र वितरणले भू उपयोगमा पहुँच पुग्ने बताउनु भएको  हो।

कर्णालीको खेतीयोग्य जमिन बाँझो रहेको गुनासो गर्द‌ै  किसान परिचयपत्र वितरणले भू उपयोग नितिलाई पुर्ण रुपमा पहुँच पुर्याउने विश्वास गर्दै किसानलाई भू उपयोगमा प्रविधि र प्राविधिक सहित सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध भएको मन्त्री शर्माले बताउनुभयो ।

परिचय पत्र वितरण प्रणालीलाई भूमि हिन सुकुम्बासी, सना किसान, मध्यम र ठुला किसान ४ भागमा विभाजन गरि बितरण गर्न कर्णाली प्रदेशको पहिलो स्थानीय सरकार लेकवेशी नगरपालिमा भएको बताउद‌ै किसान परिचय पत्रको व्यबहारिक कार्यान्वयन गर्न स्थानीय सरकारले अनुगमन तथा निरीक्षण प्रणालीलाई सक्रिय बनाउन आग्रह गर्नुभयो ।

वास्तविक किसान भुईतहमा र बारीमै सिमित भएको र अनुदान मुखि किसान परिचयपत्र मा मात्रै सिमित हुने प्रणाली प्रदेश सरकारले खारिज गरि उत्पादनमा आधारित अनुदानलाई व्यवस्थित गर्न प्रदेश सरकारले एक फर्म एक उत्पादन र अनेक स्वामित्वको निति अवलम्बन गरिएको बताउनुभयो ।

संघ, प्रदेश र स्थानीय सरकार प्रतिस्पर्धि नभई समन्वय  सहकार्य बाट किसानको हकहितमा कार्य गर्ने भएकोले प्रदेश सरकारले स्थानीयतहका कर्मचारीको क्षमताबृद्धि जस्ता कार्यक्रम सहकार्य गरेको बताउनुभयो ।

लेकवेशीको वडा नं १ न लेखफर्साबाट वर्गीकरण सहितको किसान परिचय वितरणको पहिलो चरणमा ३० जना किसानलाई परिचय वितरण गरिएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता