ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कर्णाली प्रदेश प्रमुख परियारले दिनुभएको ग्याल्बो ल्होसार पर्व, २०८० को शुभकामना सन्देश

कर्णाली प्रदेश प्रमुख परियारले दिनुभएको ग्याल्बो ल्होसार पर्व, २०८० को शुभकामना सन्देश

फागुन २८ सुर्खेत

कर्णाली प्रदेश प्रमुख तिलक परियारले शेर्पा समुदायको महान् चाड ‘ग्याल्बो ल्होसार २०८० को अवसरमा कर्णाली प्रदेश लगायत स्वदेश तथा विदेशमा रहनु भएका शेर्पा समुदायका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना सन्देश दिनुभएको छ।

विज्ञापन

हाम्रो देश नेपाल संघियता ,धर्मनिरपेक्षता ,गणतन्त्र ,समानुपातिक ,समावेशिता ,बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले भरिपूर्ण एक सुन्दर मुलुक हो ।भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्ना जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ हुन् ।

यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व हो । सांस्कृतिक परम्पराको धनी मानिने नेपालका शेर्पा जातिले सदियौंदेखि आफ्नो रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका छन् ।

यसै सन्दर्भमा नेपालका शेर्पा जातिमा नया“ वर्षको आगमनको खुशियालीस्वरुप विशेष उत्साह र उमङ्गतासाथ मनाइने ग्याल्बो ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्दछ ।

संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराइका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो यस अवसरमा शेर्पा जाति तथा यस पर्व मनाउने सम्पूर्ण जनसमुदायलाई राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न हार्दिक अपील गर्नुभएको छ।

शेर्पा समुदायले आज विशेष हर्षका साथ पुरानो वर्षलाई बिदाइ गरी आजदेखि आफ्नो पारम्परिक नया“ वर्षलाई स्वागत गरेर ग्याल्बो ल्होसार पर्व मनाउदै छन् ।

यस पर्वको अवसरमा शेर्पा समुदायले आजका दिनमा नया“ लुगा लगाउने,पानी धारामा गएर नागको पुजा गर्ने त्यो पानी ल्याएर घरको देवतालाई चढाउने र विभिन्न परिकारहरु खादै आफन्तजन र नाताकुटुम्बलाई घरमा बोलाएर रमाइलो गर्ने परम्परा रहेको पाइन्छ । अन्तमा, शेर्पा समुदायको यस पर्वले सम्पूर्ण नेपालीलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना  गर्नुभएको हो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता