सल्यान डिपोमा कृषि मन्त्री शर्माको अनुगमन, म्याद गुज्रिएको ८ सय बोरा रासायनिक मल फेला

सल्यान डिपोमा कृषि मन्त्री शर्माको अनुगमन, म्याद गुज्रिएको ८ सय बोरा रासायनिक मल फेला

पुस २७,सल्यान 

सल्यानको श्रीनगर सितलपाटीमा रहेको साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड शाखाको डिपोमा म्याद गुज्रिएको मल फेला परेको छ।

विज्ञापन

शुक्रवार कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले उक्त डिपोमा अनुगमन गर्दा म्याद गुज्रिएको ८०० बोरा (खेती शक्ति नामक मल फेला परेको हो।

नेपाल सरकारले अनुदान नदिएको र प्रदेश सरकारले पनि उक्त मलको सिफारिस नगरेको तथा साल्ट ट्रेनिङले अर्को कम्पनीको मल बिक्री वितरण गर्दा त्यसलाई स्वतः अवैध मानिन्छ । म्याद गुज्रिएको मललाई तत्काल त्यसलाई नष्ट गर्ने प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न मन्त्री शर्माले निर्देशन दिनु भएको छ ।

उक्त मलखाद किसान र सहकारीहरूलाई लिन बाध्य पारिएको गुनासो आएपछि उक्त मल फिर्ता गर्न र अब वितरण नगर्न  निर्देशन दिनु भयो ।

डिपोले मल छैन भन्दै कृषकलाई बिक्री वितरण नगरेको र बिग्रेको मल दिने गरेको गुनासो प्राप्त पछि मन्त्री शर्माले अनुगमन गर्दा अहिले साल्ट ट्रेनिङ कर्पोरेसनको डिएपी ४ हजार बोरा बढी र युरिया ३५ सय बोरा बढी मल रहेको भेटिएको छ ।

अहिले कृषकका लागि सिजनको समयलाई ध्यानमा राखी सहकारीको माग भन्दा बढी परिणाममा प्रदेश सरकारले अनुदानमा मल पठाएकोमा कृषकले मल नपाएको गुनासो सुनेपछि तत्काल अनुगमन गर्नु परेको मन्त्री शर्माले बताए। अहिले सिजनका बेला कृषक मलका लागि भौँतारिएको फाइदा उठाउँदै डिपोले राम्रो मल भन्दा पहिला बिग्रेको मल जो सिमेन्ट जस्तै सट भएको छ त्यही नै बिक्री गर्ने गरेको रहेछ त्यो लगायत बिक्री वितरण भइसकेको मल समेत फिर्ता ल्याएर नष्ट गर्न निर्देशन गरिएको छ मन्त्री शर्माले भन्नु भयो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता