शिक्षा क्षेत्र सुधार गर्न सिकाई केन्द्र बनाउँछौ: मुख्यमन्त्री

शिक्षा क्षेत्र सुधार गर्न सिकाई केन्द्र बनाउँछौ: मुख्यमन्त्री

सुर्खेत, असोज १६ गते

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा क्षेत्र सुधारका लागि संघ ,प्रदेश र स्थानीय तह विचको सहकार्यवाट मात्र सुधार गर्न सकिने बताउनुभएको छ ।

विज्ञापन

उहाले भन्नुभयो अहिले पनि शिक्षाक्षेत्र टाउकोले टेकेको जस्तो छ । यसलाई खुट्टाले टेकेको वनाउन आवश्यक छ । त्यो एक्ला एक्लै भन्दा तिनै तहको सरकार र सरोकारवालाका वीचमा सहकार्यवाट संभव छ ।

सुर्खेतको विरेन्द्रनगरमा आयोजीत प्लान इन्टरनेशनल नेपालको पाँच वर्षे राष्ट्रिय रणनीति सार्वजनिकीकरण गर्दे मुख्य मन्त्री शर्माले कर्णाली प्रदेश सरकारले शिक्षालाई प्रभावकारी बनाउन सिकाई केन्द्र निर्माण गरिने वताउनुभयो । उहाले भन्नुभयो प्रवीधि ,श्रम उत्पादन र नैतिकताका क्षेत्रलाई सुदृढ,विस्तारको काम शिक्षण सिकाई केन्द्रले गर्ने छ ।

केन्द्रवाट शिक्षक विद्यार्थी र पाठ्यक्रम निर्माणका लागि सहयोग गर्नेछ ।

कर्णालीका जनताको सुख र खुसीका लाई केन्द्रमा राखेर सरकारले आफ्ना गतीवीधि सञ्चालन गरिरहेकोमा जोड गर्दे मुख्यमन्त्री शर्माले आर्थिक सम्पन्नता संग सुख र समाजिक न्याय संग खुसी जोडिएकाले यसलाई ध्यानमा राखेर सरकार अघि वढ्न खोजेको वताउनुभयो ।


समुदाय स्तरवाट पनि शिक्षा क्षेत्रमा योगदान हुने भएकाले पहिलो पाठशाला घर परिवार बाटै सिकाई सुधारका लागि हरेक परिवारमा नियमित वैठक, छलफल र सिकाई अभ्यासको पारिवारिक वैठक आवश्यक रहेको मन्त्री शर्माको भनाई छ ।
कर्णाली प्रदेश सरकारले यहाँका १० जिल्लाका १÷१ वटा विद्यालयलाई नमूना विद्यालय वनाउने तयारी गरेको छ । त्यसका लागि कार्यवीधि निर्माणको काम समेत भैरहेको छ ।
प्लान इन्टर नेशनलका अध्यक्ष राम किसनको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्क वहादुर पोख्रेल, आन्तरिक तथा कानुन मन्त्री कृष्ण जीसि र उर्जा तथा जलस्रोत मन्त्री उर्मिला विक, कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणी पौडेल लगायतको उपस्थिति रहेको थियो । प्लान इन्टरनेशनल नेपाल कर्णालीका १० वटै जिल्लामा कार्यक्रम विस्तार समेत गरेको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता