प्रदेश प्रमुख परियारले संविधान दिवस २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

प्रदेश प्रमुख परियारले संविधान दिवस २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

असोज ३ सुर्खेत

नेपालको इतिहासमा पहिलो पटक जनप्रतिधिले संविधानसभाबाट वि.स.२०७२ असोज ३ गते संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गरी जारी गरिएको ऐतिहासीक उपलब्धीको सम्झना र सम्मान स्वरुप संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका कर्णाली प्रदेशवासी लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति प्रगति र समृद्धिका साथै राष्ट्रिय एकता ,अखण्डता , सहकार्य एवं आपसी सद्भाव कायम  गर्न  शुभकामना दिनुभएको छ।

विज्ञापन

झण्डै सातदशक नेपाली जनताको एकता–संघर्ष–त्याग बलिदानबाट संघियता ,धर्मनिरपेक्षता ,समानुपातिक ,समावेशीता र गणतन्त्र प्राप्त चार उपलब्धीको रक्षा ,व्यवहारमा प्रयोग गर्दै सुशासन , सामाजीक न्याय र समुद्धिका लागी अघि बढन अपरिहार्य भएको छ ।

देशमा विद्यमान जाति , आदिवासी ,जनजाति , महिला , दलित ,मधेशी , उपेक्षित क्षेत्रका जनसमुदाय लगायत जातिय, भाषिक, सांस्कृतिक विविधतामा एकता कायम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी उन्नत र विकसित राष्ट्र निर्माण गर्न सबैमा जोश जागर र सद्भावना पलाओस यस दिवसले यहि सन्देश देओस भन्ने कामना गर्दछु ।तिन तहका सरकारहरु संचालनमा आएदेखी जनताको घरदैलोमा सरकार सहजै पुग्न सफल भएको छ। संरचनाहरु संस्थागत र सुदृढ  हुदै संविधानले परिकल्पना गरेको सामाजीक न्यायमा आधारित समतामुलक समाजको परिकल्पना बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढीरहेको छ ।

यो दिवसले हामी सबैमा राष्ट्रियता , लोकतन्त्र , जनजिविकाका लागी सुशासन , सामाजिक न्याय र समृद्ध नेपाल निमार्णको लागी राष्ट्रिय संकल्प हासिल गर्न मन बचन र कर्मले समर्पित हुन थप प्रेरणा प्राप्त हुनेछ भन्ने विश्वास लिनुभएको छ ।

लामो संघर्ष, सशस्त्र जनयुद्ध ,शान्तिपुर्ण आन्दोलन र जातिय , क्षेत्रिय , लिङ्गिय ,दलित लगायतका मुक्ति आन्दोलनमा सहभागी भई आफनो अमुल्य जीवन देश र जनताप्रति समर्पित गरी वलिदान दिने ज्ञात अज्ञात महान शहिदहरुप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै  जेल जिवन बिताउने, वेपत्ता योध्दा ,घाइतेहरुप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता