निति निर्माणका सबै काम भदौ महिना भित्र सम्पन्न गर्न मन्त्री शर्माको निर्देशन

निति निर्माणका सबै काम भदौ महिना भित्र सम्पन्न गर्न मन्त्री शर्माको निर्देशन

भदौ ७ सुर्खेत

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री  भिम प्रकाश शर्माले भदौ महिना भित्र नितिगत सबै काम गरि सक्न मन्त्रालयका सचिव सहित मातहतका सबै महाशाखा प्रमुहरुलाइ निर्देशन गर्नुभएको छ।

विज्ञापन

मन्त्रालयको आयोजनामा समसामयिक तथा भावि कार्यदिशा विषयक छलफलमा मन्त्री शर्माले भदौ महिना भित्र निति नियमावली तथा निर्देशिकाका काम सबै गरि सक्न निर्देशन गर्नु भएको हो।

छलफलमा उठेका विषयबस्तुले कार्यसम्पदानमा सहयोग गर्नुको साथै योजना तथा निति निर्माणमा सहयोग गर्ने भएकाले रिपोटिङ्गमा ध्यान दिन सुझाउनु भयो।

मन्त्रालयबाट गरेका काम नागरिक संग जोडिने भएकोले यसको जवाफदेहीता मन्त्री हुने भएकाले तथ्यमा आधारित भएर कार्यसम्पादन गर्न निर्देशन गर्नु भयो।गुनासो सानो होला तर यसले  जिम्मेवार बन्न र जवाफदेही बनाउन सहयोग गर्ने भएकोले यसमा कसैले हिनताबोध नगरी जिम्मेवारी बन्न तयार हुनु निर्देशन गर्दै अहिले तालिम ठुलाठुला होटेल र लजमा गर्ने बानीको विकासलाइ हेरफेर गर्न आवश्यक देखिएकाले अब कृषि र पशु क्षेत्रका तालिम निश्चित निर्धारण गरी किसानकै कार्यस्थलमा तालिम सञ्चालन गरिने बताउनु भयो।

छलफलमा मन्त्री शर्माले कर्णाली प्रदेशको कृषि कर्म र किसानको जीवन शैली र रैथाने वालीको हालको अबस्था र भावी कृषि रणनिति निर्माणमा पनि सघाउने भएकाले प्रदेशमा कृषि र पशुको रैथाने जातको संरक्षण गर्न कर्णाली कृषि प्रदर्शनी केन्द्र निर्माणमा जोड दिनुभएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता