प्रदेश  स्थापना तथा सहिद दिवसको अवसरमा  प्रदेश प्रमुख परियारले  दिनुभएको शुभकामना सन्देश

प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा प्रदेश प्रमुख परियारले दिनुभएको शुभकामना सन्देश

भदौ ४ सुर्खेत

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश स्थापनाको अवसरमा कर्णालीवासी आमाबुवा, दिदिबहिनी ,दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

विज्ञापन

शुभकामना प्रदेश प्रमुख परियारले कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा राष्ट्र, राष्ट्रियता , स्वतन्त्रता , समानता, नागरीक हक अधिकारको लागी आफनो अमुल्य जिवन उत्सर्ग गर्नुहुने महान शहिदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्नुभएको छ।

कर्णाली प्रदेश निर्माणका क्रममा छुटटै प्रदेश स्थापनाका लागी भएको आन्दोलनमा आफनो जिवन बलिदान गर्ने ४ जना महान शहिदहरु सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार र टीकाराम गौतम तथा जुम्लाका हरिबहादुर कुव“रप्रति सम्मान व्यक्त गर्दै वि. स.२०७२ साल भाद्र ४ गते आजकै दिन कर्णाली प्रदेशको स्थापना भएको  उल्लेख गर्नुभएको छ।

आजका दिन शहिदहरुलाई सम्झिदै गर्दा कर्णाली प्रदेश प्राप्ति भएको दिनको स्मरणमा कर्णाली प्रदेश सरकारले आजकै दिनलाई प्रदेश स्थापना दिवस तथा शहिद दिवसका रुपमा मनाउने गरेको छ । आजको दिनले शहिदहरुको सपना साकार पार्न तपाई हामी सबैलाई एकजुट भई अघि बढ्न प्रेरणा मिलोस भन्ने कामना  गर्नुभएको छ।

प्रदेश प्रमुख परियारले समाबेशी , धर्मनिरपेक्षता, संघियता सहितको कर्णाली प्रदेश स्थापना पश्चात समृद्ध कर्णाली प्रदेश निर्माण गर्ने शहिदहरुको सपना पुरा गर्न योजनावद्ध रुपमा कर्णाली प्रदेशका जनताप्रति समर्पित भएर लाग्नका लागी सम्पुर्ण पक्षहरुलाई प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दै कर्णाली प्रदेश प्राप्त गर्ने आन्दोलनको अग्रपंतिमा रहेर लड्दालड्दै आफनो जिवन कर्णालीवासी जनताको लागी समर्पण गर्नुहुने महान शहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै पुनः यस दिवसले हामी सबैमा सकरात्मक सोचको विकास गरी समुन्नत प्रदेश निर्माणमा अग्रसर हुन समेत प्रेरणा मिल्नेछ भन्ने विश्वास  गर्नुभएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता