संघिय सरकारलाइ कर्णाली किसानको सम्पदा मुल्यावान लोगो

संघिय सरकारलाइ कर्णाली किसानको सम्पदा मुल्यावान लोगो

साउन २६ सुर्खेत

कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको कर्णाली किसानको सम्पदा मुल्यवान लोगो संघिय सरकारलाइ  हस्तारण गरिएको  छ।

विज्ञापन

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मा बिहिवार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयको आयोजनामा सञ्चालन गरिएको एक दिने कृषि तथा पशुपन्छी बिषय सम्बन्ध संघ तथा प्रदेश माननीय मन्त्री एबम सचिवहरु संगको छलफल समन्वय बैठकमा कर्णाली प्रदेश सरकारले गत साउन ११ गते सार्वजनिक गरेको कर्णाली किसानको सम्पदा मुल्यवान लोगो कृषि तथा पशुपन्छी बिकास मन्त्री डाक्टर बेदुराम भुसाललाइ हस्तारण गर्नुभएको हो।

मन्त्री शर्माले समन्वय बैठकमा सहभागी अन्तर प्रदेशका कृषि मन्त्री तथा सचिवःसहित पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाइ हस्तारण गर्नुभएको छ।

लोगो हस्तारण गर्दै मन्त्री डाक्टर भूसालले कर्णालीमा उत्पादित कृषि वस्तुमा आफ्नै लोगो टाँसेर बजारमा पठाउन सुरु गरेकोले  संघ सरकारले यसको अन्तराष्ट्रिय बजारीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।


कर्णालीमा मूल्यवान कृषिजन्य वस्तुहरू उत्पादन हुन्छन् भन्ने सन्देश ‘मूल्यवान’ लोगोबाट बिश्वभर पठाउन संघ सरकार तयार हुने बताउदै कर्णालीमा उत्पादन हुने  रैथाने, अर्गानिक र मूल्यवान कृषि वस्तुहरू उत्पादनमा बृद्धि गर्न सके‘मूल्यवान’ लोगोको अर्थ रहने बताउनु भयो।

लोगो हस्तारण गर्दै कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शर्माले लम्पी स्कीन रोग नियन्त्रणमा राहत तथा प्रयोगशाला सञ्चालनमा बजेटको ब्यबस्था हुनु पर्ने,रासायनिक मलको प्रयोग नहुने ,कम गर्ने,अर्गानिक उत्पादनको लागि प्रांगारिक मलको ब्यबस्थापन र अनुदानमा बिशेष कोटा निर्धारण गरि कर्णाली प्रदेश सरकारलाइ बजेटको व्यवस्था गर्न ध्यानाकर्षण गर्नु भएको छ

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता