२९ औं विश्व आदिवासी दिवसको अवसरमा प्रदेश प्रमुख परियारले दिनुभएको शुभकामना सन्देश

२९ औं विश्व आदिवासी दिवसको अवसरमा प्रदेश प्रमुख परियारले दिनुभएको शुभकामना सन्देश

साउन २४ सुर्खेत

कर्णाली प्रदेश प्रमुख तिलक परियारले २९ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा प्रदेश प्रमुख तिलक परियारले दिनुभएको शुभकामना सन्देश दिनुभएको छ।

विज्ञापन

प्रदेश प्रमुख परियारले २९ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस (९अगष्ट २०२३)को अवसरमा कर्णाली प्रदेशवासी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो।

परियारले शुभकामना दिदै “पहिचान र अधिकारको सुनिश्चितताको लागी आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवद्र्धन गर्दै पुख्यौली भुमि, भाषा र संस्कृति संरक्षण गरौं” भन्ने मुल नाराका साथ र संयुक्त राष्ट्र संघले सन १९९४ मा आदिवासी जनजातिका आधारभुत मानवअधिकार संरक्षण र सम्बर्धनका लागी अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाउने घोषणा गरेपछि संसारभरका आदिवासी जनजातिहरुले यस दिवस मनाउदैं आएको उल्लेख गर्नुभएको छ ।

नेपालमा पनि आदिवासी जनजातिको अधिकार र मुद्दालाई उठान गर्ने दिनका रुपमा प्रत्येक वर्षको ९ अगष्टका दिन यस दिवस विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको  बताउदै  विश्वका आदिवासीहरुले २९ वर्षदेखी मनाउदै आएको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासी जनजातिहरुले पहिचान झल्किने सा“स्कृतिक झा“कीहरु समेत प्रर्दशन गरी विशेष उत्सवका साथ मनाउदै आएका छन।

बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसा“स्कृतिक एवं भौगोलीक विविधतायुक्त विशेषतालाई आत्मसाथ गरी विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गिय, जातिय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङगीक विभेद तथा सबै प्रकारका जातिय विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न संघियता, धर्मनिरपेक्षता, समानुपातिक समावेशि र सहभागीतामुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने संकल्प गर्न यो दिवसले सबै नेपालीलाइ ऐक्यताबद्धता भइ लाग्न आग्रह गर्नुभएको छ।

प्रदेश प्रमुख परियारले दिनुभएको शुभकामना सन्देशको पुर्ण पाठ 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता