कर्णाली प्रदेश सरकारले प्रयोगशाला सञ्चालनमा थाल्यो वान टु वान छलफल

कर्णाली प्रदेश सरकारले प्रयोगशाला सञ्चालनमा थाल्यो वान टु वान छलफल

साउन १८ सुर्खेत

कर्णाली प्रदेश सरकारले प्रयोगशाला सञ्चालनको लागि संघ सरकार संग वान टु वान छलफल सगै पहल थालेको छ।

विज्ञापन

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले कृषि तथा पशुपन्छी  विकास मन्त्री डाक्टर बेदुराम भूसाल संग भेट वार्ता गर्दै  प्रयोगशाला सञ्चालान तथा लम्पी रोग महामारी नियन्त्रणको वान टु वान छलफल तथा पहल सहित ध्याणार्षकण सहित छलफल गर्नु भएको छ।

लम्पी स्कीन रोग कर्णालीमा नियन्त्रण भन्दा बाहिर जान थालेको समयमा प्रयोगशाला बन्द हुनुमा प्रदेश  सरकारको गम्भीर ध्यानाषर्कण भएको भन्दै  मन्त्री शर्माले कृषि तथा पशुपन्छी  विकास मन्त्री डाक्टर बेदुराम भूसाल संग प्रयोग शाला सञ्चालनका विषयमा प्रदेश सरकार गम्भीर भएको बताउदै बजेट व्यवस्था गरी प्रयोगशाला सञ्चालनमा ल्याउन पहल गर्न अनुरोध गर्नु भएको हो।

संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशुसेवा विभाग अन्तर्गत केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सञ्चालन सम्बन्धमासरोकारवाला निकायसँग कुनैपनि किसिमको छलफल नभई अर्थमन्त्री प्रकाशसरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यका क्रममा प्रयोगशालाको विषयलाई नसमेटिएको कार्यालयहरुको बुझाई छ ।

साथै केहिदिन अगाडी अर्थ मन्त्रालयले समेत प्रयोगशालामा कुनैपनि किसिमको आर्थिक क्रियाकलाप नगर्न परिपत्र जारी गरे लगतै त्यस अन्र्तगत विराटनगर, जनकपुर, पोखरा, सुर्खेत र धनगढीमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाले सुचना जारी गर्दै साउन १५ गतेदेखि सेवा प्रवाह गर्न नसकिने सूचना जारी गरेको र पशुपन्छीमा लाग्ने रोगको निदान, नियमित प्रयोगशाला सेवा, महामारीका रुपमा फैलिएका रोगहरुको नियन्त्रणका लागि आवश्यक कार्य, खोप वितरण तथा व्यवस्थापन गर्ने कार्य ठप्प भएकाले कर्णाली प्रदेश सरकारका भूमि  व्यवस्था कृषि तथा सहकारी मन्त्री शर्माले प्रयोगशाला सञ्चालनका विषयमा  संघ सरकार संघ  वान टु वान छलफल  थाल्नु भएको हो।

छलफल सरकारात्मक भएको र प्रयोगशाला सञ्चालनमा संघ सरकार गम्भीर भएको र बजेट व्यवस्था गरि प्रयोगशाला सञ्चालन ल्याउन तयार भएको मन्त्री शर्माले बताउनु भएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता