कृषकको इच्छा शक्ति परिवर्नत गर्न आवश्यक छः मन्त्री शर्मा

कृषकको इच्छा शक्ति परिवर्नत गर्न आवश्यक छः मन्त्री शर्मा

साउन  ८ सुर्खेत

कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले कर्णालीको कृषिमा रुपान्तरण गर्न बजेट खर्च गर्ने मूल कुरा हैन कृषकमा इच्छा शक्तिमा रुपान्तरण गर्ने इच्छा शक्ति हुने पर्ने  बताउनु भएको छ।

विज्ञापन

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयको आयोजनामा  प्रदेश स्तरिय तेस्रो चौमासिक तथा बार्षिक समिक्षा गोष्ठीमा एक निर्देशनालय र ९ जिल्लाका कार्यलय प्रमुखहरु सहभागी भएको समिक्षा गोष्ठीमा कृषि बिकास मन्त्रालय भौतिक निर्माणको काम गर्ने बिकासे मन्त्रालय भएको जस्तो गरी बजेट खर्च गरेर कृषिमा रुपान्तरण नहुने भएकाले सबैको इच्छा शक्ति कृषकको जीवन स्तरण रुपान्तरण गर्न बजेट खर्च गर्ने मूल कुरा हैन कृषकमा रुपान्तरण गर्ने इच्छा शक्ति हुने पर्ने बताउनु भएको हो।

कतै हामीले किसानलाइ बिकासे योजनामा मात्रै जोडेका त छैन्यौ कृषिमा कृषकको लगानी सुनिश्चित गर्न कतै हामी त चुकेन्यौ यसको वारेमा किसानको कृषिमा इच्छा शक्ति जागाउन आवश्यक रहेको सुझाव दिदै समिक्षामा बजेटको प्रगति मात्रै हैन किसानको जीवन स्तरमा भएको नतिजा तथ्याङ्कमा हेर्न मिल्ने र देखिने गरीसमावेश गर्न सुझाउनु भयो।

अघिल्लो बर्षको प्रगतिको मात्रै समावेश भएकोले कृषिमा यो बर्ष मात्रै काम गरेको जस्तै देखिने प्रगति नभइ ५ बर्षदेखिको नै प्रगतिमा हामीले सहयोग गरेको मात्रै किसानले काम गरेको नभइ गैर सरकारी संस्था स्थानीय सरकारबाट भएको तथ्याङ्क समाबेश हुन आवश्यक भएकाले कृषि उत्पादन र रोजगार अबस्था बृद्धि भएन भन्ने छ के यो सत्य हो यसको वास्तविकता तथ्याङ्कमा घट्यो बृद्धि भयो प्रगतिमा समावेश गर्दा राम्रो हुने बताउनु भयो।

कर्णालीमा खाद्य संकट नै हो यसमा उत्पादनको लागतलाइ मुल्यवान  बनाउन मुल्यवान लोगोको अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सक्ने खालको बजार योजना प्रदेश सरकारले लिएकोले विश्वको अग्लो स्थानमा धान फल्ने देश एक मात्रै नेपाल र कर्णाली प्रदेश जुम्ला जिल्लाको छुमचौर ज्युलोको अब फोटो प्रदर्शन गरेर बिश्व बजारमा बिक्रि गर्न सके कर्णाली समृद्धि कृषिबाट नै हुने ठोकुवा गर्नु भयो।

कुपोषणको  समस्याबारे पटक पटक प्रश्न उठेकाले यसको वास्तविकता तथ्याङ्क आधारित भएर हामीलाइ खाद्य उत्पादनमा समस्या भएकै हो भन्ने प्रश्न गर्दै कर्णालीमा उत्पादन हुने कृषि उत्पादनको आएत निर्यातको तथ्याङ्क समावेश गरी प्रगति प्रतिबेदन तयारी गर्न सुझाउनु भयो।

भदौ र असोजमा आएको बाढी पहिरोबाट क्षेति भएका कृषि सिचाइको बारेमा सांसदमा कृषि मन्त्रालयको बारेमा प्रश्न उठ्यो त्यसको ब्यबस्थापन गर्न मन्त्रालयले  बजेट  रकामान्तर गरि  साना  कृषि सिचाइ योजना मर्मत गर्न अख्तियारी पठाइयो तर निर्देशन अनुसार काम गर्न तपाइहरुलाइ कसले रोक्यो यसरी किसानको समस्यामा कसैले पनि खेलवाड नगर्न निर्देशन दिनु भयो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता