प्रदेश प्रमुख परियारद्वारा रंगशालाको निरिक्षण

प्रदेश प्रमुख परियारद्वारा रंगशालाको निरिक्षण

साउन ५ सुर्खेत

कर्णाली प्रदेश प्रखुख तिलक परियारले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा निर्माण भइरहेको रंगशालाको निरिक्षण गर्नु भएको छ।

विज्ञापन

प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा २०८१मा सञ्चालन हुने १० औ राष्ट्रिय खेलकुद कार्यक्रम लाइ मध्यरेनजर गरी निर्माण हुन थालेको रंगशालाको प्रदेश प्रमुख परियारले शुक्रबार अनुगमन गर्नुभएको हो।

प्रदेश प्रमुखको कार्यालयको टोली सहित रंगशाला अनुगमनमा पुग्नु भएका परियारले राष्ट्रिय स्वाधिनताको लागि कर्णाली बासिलाइ बिस्वास दिलाउने काम र खेल जगतबाट परिचय दिने समय धेरै लामो नभएकाले प्रतिक्षाको घडि सम्म भएको कामलाइ प्रभावकारी र युद्धस्तरमा सञ्चालन गर्न निर्देशन गर्नुभयो।

रंगशाला प्रदेशको गौरवको योजना भएकोले परियारले रंगशालामा हाल सम्म भएको प्रगतिको  बस्तु स्थितीबारे जानकारी लिनुभएको  छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता