बडागाउँ, रागेचौर हिलाम्मे सडक तत्काल निर्माण गर्न निर्माण ब्यबसायीलाइ मन्त्री शर्माको निर्देशन

बडागाउँ, रागेचौर हिलाम्मे सडक तत्काल निर्माण गर्न निर्माण ब्यबसायीलाइ मन्त्री शर्माको निर्देशन

साउन ५ सल्यान

सल्यानको थारमारे, बडागाउँ, रागेचौर हुदैँ रुकुमपश्चिमको चौरजहारी जोड्ने सडकखण्ड अन्तर्गत कुमाख गाउँपालिकाको बडागाउँ देखि चिसापानी सम्मको सडक हिलाम्मे सडक तत्काल निर्माण गर्न निर्माण ब्यबसायीलाइ कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले त्तकाल काम गर्न निर्देशन दिनुभएको छ।

विज्ञापन

कर्णाली प्रदेश सरकारको बहुबर्षिय सडक अन्तर्गत निर्माणमा रहेको सल्यानको थारमारे, बडागाउँ, रागेचौर हुदैँ रुकुमपश्चिमको चौरजहारी जोड्ने सडकखण्ड अन्तर्गत कुमाख गाउँपालिकाको बडागाउँ तकमारा गोलकपुर सम्म सडक निर्माण गर्ने जिम्मा पाएको धुलिखेल एप्लाइट निर्माण कम्पनीका सञ्चालकलाइ तत्तकाल काम गर्न मन्त्री शर्माले निर्देशन दिनुभएको हो।

प्रदेश सरकारको बहुबर्षिय सडक अन्तर्गत निर्माणमा रहेको थारमारे चौरजाहारी सडक खण्ड अन्तर्गत कुमाख गापा को तकमारा देखी गोलकपुर सम्म ९ किमी सडक निर्माणको कुल लागत   ११ करोड रहेको छ।

डवल कटिङ्ग गर्नु पर्ने र बर्षातको समयमा नागरिकले सास्ती पाउदा टिप्पर मार्फत खाल्डो भर्ने काम गरेको तर बर्षातको समयमा ग्राभेलले खासै काम नगरेको भएतापनि खाल्डामा पानी जम्न नदिन टिप्पर मार्फत गिठ्ठी राख्ने निर्माण ब्यबसायीले जनाएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता