प्रधानमन्त्री प्रचण्डलाई १सय ७२ सांसदको विश्वासको मत प्राप्त

प्रधानमन्त्री प्रचण्डलाई १सय ७२ सांसदको विश्वासको मत प्राप्त

चैत्र ६ काठमाडौं

प्रधानमन्त्री पुष्प्पकमल दाहाल  चण्डलाई १सय ७२ सांसदको विश्वासको मत प्राप्त  गर्नु भएको छ।

विज्ञापन

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट आज १सय ७२ सांसदको  विश्वासको  पाउनु भएको हो।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावमा  पक्षमा बहमुत प्राप्त भएको थियो ।जसअनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत रहेको पक्षमा १७२ जना सांसदले मतदान गर्नुभएको छ। यस्तै ८९ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत नरहेको पक्षमा मतदान गर्नुभएको थियो।  कुल २६२ सांसद उपस्थिति रहेको आजको उक्त मत विभाजनमा १ जना तटस्थ रहनु भएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता