माओबादी घटकका दलित संगठनहरु एक ठाउँमा हुने प्रतिबद्धता

माओबादी घटकका दलित संगठनहरु एक ठाउँमा हुने प्रतिबद्धता

चैत्र ४ सुर्खेत

माओबादी जनयुद्धको उपलब्धिलाई रक्षा गर्दै  संस्थागत गर्न माओबादी घटकका दलित संगठन एक ठाउँमा हुने प्रतिबद्धता जनाएका छन।

विज्ञापन

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा कर्णाली प्रदेश समितिको आयोजनामा गरिएको भेटघाट कार्यक्रममा माओबादी घटकका दलित संगठनका नेतृत्वहरू जनयुद्धको उपलब्धिलाई संस्थागत गर्न एक ठाउँमा हुने प्रतिबद्धता जनाएका छन।

माओबादी केन्द्र कर्णाली प्रदेश समितिको पार्टी कार्यालयमा आयोजना गरिएको भेटघाट कार्यक्रममा  माओबादी जनयुद्ध सगै २०६४ साल सम्म एउटै ठाउमा भएका पार्टी नेतृत्व बिभाजन पछि पार्टीका केन्दिय नेता एक टाउमा हुने प्रतिबद्धता गरे लगतै माओबादी घटकका कर्णाली प्रदेशबाट केन्द्र तथा प्रदेशमा नेतृत्व गर्ने नेताहरु पहिलो पटक भेटघाट कार्यक्रमको आयोजना गरी एक ठाउमा हुने प्रतिबद्धता जनाएका हुन।

अहिले देशी बिदेशी शक्तिहरु माओबादी कम्जोर भएको महसुस गरी माओबादी जनयुद्ध लाइ अपराधिकरण गर्न हस प्रयास जारी राखेकाले यसको प्रतिरोध सडक सांसद र सदनबाट गर्न सबै माओबादी घटक एक भएको समयमा अब जनवर्गिय संगठनहरु अलग भए प्रतिक्रिया बादीहरु सलबलाउने भएकाले जनयुद्धलाइ राजनितिक मार्गदर्शनका रुपमा लिदै माओबादी घटकका सबै जनबर्गिय संगठनहरु बिभेद बिरुद्धको साझा प्रतिबद्धता गरे मात्रै जनयुद्धबाट प्राप्त अधिकार संस्थागत हुने बताएका थिए।

कर्णाली प्रदेशमा हुने सबैखाले बिभेद बिरुद्ध एकताबद्ध हुने प्रति प्रबद्धता जनाएका भेटघाट कार्यक्रममा मार्च २१ को सन्दर्भमा माओबादी घटकका जनवर्गीय संगठनहरुले साझा ऐक्यबद्धता जनाउने बताएका छन।

भेटघाट कार्यक्रमा  नेपाल दलित मुक्तिमोर्चा कर्णाली प्रदेश इन्चार्ज रातो कामी, श्रमिक मोर्चा नेपालका केन्दिय अध्यक्ष राम लाल बिश्वकर्मा, नेपाल दलित मुक्ति मोर्चा कर्णाली प्रदेश संयोजक पार्वती विक,मोर्चाको केन्द्रीय सदस्य चक्र सुनार, माओबादी केन्द्र कर्णाली प्रदेश सदस्य गोपाल राज सुनार,भिम बहादुर परियार,जनक बिश्वकर्मा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा लक्षमण बिश्वकर्मा जातब्यबस्था उन्मुलन मोर्चा, श्रमिक समुदाय मोर्चा नेपाल कर्णाली मध्य कर्णाली संयोजक  सरोज सी,  धविन्द्र सी श्रमिक समुदाय मोर्चा नेपाल कर्णाली प्रदेश संयोजक, धर्मराज बिडवाल नेकपा माओबादी समाजवादी ,रत्न नेपाली,  हिरा बहादुर सुनार, नारायण विक सिहँ राज विक, लगाएतका नेताहरुको उपस्थिति रहेको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता