मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

चैत्र ३ काठमाडौ

काठमाडौं :

विज्ञापन

मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी  भएका छन।

३० हजार ३२८ मतभार प्राप्त गरेर उपराष्ट्रपतिमा  यादव   निर्वाचित भएका हुन्।​

उनले १ सय ८४ संघीय सांसद र ३ सय २९ प्रदेशसभा सदस्यको मत प्राप्त गर्दा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३ सय २८ मतभार प्राप्त गरिन्।

उनलाई १ सय ४ संघीय सांसद र १ सय ६९ प्रदेश सांसदले मतदान गरेका हुन्। जनमत पार्टीकी ममता झाले २ हजार ५ सय ३७ मत प्राप्त गरिन्। उनलाई १५ जना प्रदेशसभा सदस्य र २३ जना संघीय सांसदले मतदान गरेका छन।

मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए। बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता