सल्यानमा देखियो पशुमा लम्की स्कीन रोगको सक्रमण

सल्यानमा देखियो पशुमा लम्की स्कीन रोगको सक्रमण

चैत्र २ सल्यान

सल्यानको कालिमाटी गाउँपालिकामा पशुमा लम्की स्कीन रोग संग मिल्दोजुल्दो रोगको संक्रमण देखिएको छ।

विज्ञापन

जिल्लाकाे कालिमाटी गाउपालिका वडा नं ४,५,६मा केहि दिन देखि गाइ तथा गोरु हरुमा शरीरभरि नै, छालामा गिर्खा र गाँठाहरू देखिने समस्या देखिएको हो।

लम्की स्कीन रोग संग मिल्दोजुल्दो  समस्या बाट गाउपालिका वडा न‌ं ४, ५, ६ मा हाल सम्म १० वटा गाइ गोरु मरिसकेको र ९४ वटा गाइ गोरु बिरामी भएको तथ्याङ्क प्राप्त भएको

कालिमाटी गाउँपालिका  पशुशाखा प्रमुख केशव बस्नेतले जानकारी दिनु भयो।

बस्नेतको अनुसार सक्रमणले महामारी नै लिन सक्ने भएकाले  गाउँपालिका रोग नियन्त्रणको लगि पहल थालिएको  जानकारी दिनु भएको छ।

यता किसानले पालेका गाइ गोरुमा रोगको सक्रमण  बढी रहको तर रोगको पहिचान नभएको भन्दै  माओबादी केन्द्रका नेता पुरुषोत्तम भट्टराइले रोगको पहिचानको लागि  पठाएको फोटोलाइ पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा देखाउदा लम्की स्कीन भएको बताइएको छ।

प्रयोगशाला प्रमुख डाक्टर विकास श्रेष्ठले रोग नियन्त्रणमा केही समस्या भए तत्काल प्रयोगशालामा ल्याव सहित  सम्पर्क गर्न सुझाउनु भएको छ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता