बनगाड कुपिन्डे नगरपालिकाले सञ्चालन गरेको आँखा शिविरमा ३ सय २८ जना सेवा लिए

बनगाड कुपिन्डे नगरपालिकाले सञ्चालन गरेको आँखा शिविरमा ३ सय २८ जना सेवा लिए

फागुन १९ सल्यान

बनगाड कुपिन्डे नगरपालिका सल्यानले सञ्चालन गरेको एक दिने आँखा शिविरमा ३ सय २८ जनाले सेवा लिएका छन

विज्ञापन

नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले  उद्घाटन गरेको एक दिने आँखा  शिविरमा ३२८ जनाको आँखा चेक जाँच गरिएको छ ।

जसमा १७८ महिला र १५० जना पुरुष गरि जम्मा ३२८ जनाको आँखा चेक जाँच गरिएको हो ।

चेक जाँचको क्रममा  ६२ जनालाई अप्रेसनको लागि छनोट गरी निःशुल्क यातायातको व्यवस्था नगरपालिकाले गर्ने भएको छ ।

फाल्गुन २५ गते अप्रेसनका लागि सुर्खेत आँखा अस्पतालमा जानको लागि  सुर्खेत सम्म जाने खर्च नगरपालिका व्यहोर्ने नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले बताउनु भएको छ ।

उहाले भन्नू भयो जनताको सेवामा सधै लागि रहने र बृद्धा बुवा आमाहरूलाई झनै सहयोग गर्ने समेत बताउनु भयो ।

नगर प्रमुख बुढाथोकीका अनुसार  आँखा चेकजाँच गर्दा लाग्ने खर्च समेत नगर पालिकाले व्यवस्था गरिदिएको नेपाल रेडक्रस सोसाइटी सल्ली बजारका सभापति पुष्कर बीसीले जानकारी दिनु भएको छ ।

नगरपालिका निःशुल्क व्यवस्था गरि दिएको छ त्यसको समन्वय समेत राम्रो गरेको उहाको भनाइ रहेको छ ।

सल्यान बनगाड कुपिन्डे नगरपालिकाको आयोजना तथा रेडक्रस आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोगमा र नेपाल रेडक्रस सोसाइटी देवस्थल उप शाखाको समन्वयमा आज एक दिने बृहत आँखा शिविरमा सन्चालन भएको थियो ।

जसमा विभिन्न ठाउबाट चेकजाँचको लागि उपस्थिति भएको थियो । आँखा चेकजाँच गराउन आएको डाक्टर तथा स्वास्थ्यकर्मीको टोलिलाइ समेत सम्मान तथा बिदाइ गरिएको थियो

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता