राप्रपाद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

राप्रपाद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

सुर्खेत फागुन १८

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन  राष्ट्रिय प्रजातन्त्र पार्टीले  फिर्ता लिएको छ ।

विज्ञापन

प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन राप्रपाले फिर्ता लिएको जनाएको छ।
राष्ट्रपतिको उम्मेदवारीसँगै केन्द्रको आठ दलीय समीकरण फेरिसँगै सरकारबाट बाहिरिएको राप्रपाले कर्णालीमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य गरेको हो ।

बिहीबार प्रदेश प्रमुख तिलक परियार समक्ष राप्रपा  प्रदेश सांसद सन्तोषी शाहीले समर्थन फिर्ताको  गरेको पत्र बुझाएकी छन् ।
केन्द्रीय राजनीतिमा आएको अस्थिरताले जनताको अपेक्षाअनुसार काम गर्न नसक्ने र पार्टी केन्द्रको निर्णयलाई स्वीकार गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको शाहीले बताइन् ।
कर्णालीमा एक सिट मात्रै रहेको राप्रपा सरकारबाट बाहिरिएपछि मुख्य मन्त्री शर्माले पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ ।

पछिल्लो सत्ता समीकरण अनुसार कर्णालीमा काँग्रेससँग १४, माओवादीसँग १३ र समाजवादीसँग १ सिट छ । ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ सिट आवश्यक पर्छ । तर, वर्तमान अवस्थाको गठबन्धनमा मुख्य मन्त्री राजकुमार शर्मासँग २८ सिट छ ।

उनलाई एक स्वतन्त्र सांसदको समेत को समर्थन छ । केन्द्र सरकारबाट बाहिरिएको एमालेले अझै पनि प्रदेश सरकारबारे कुनै निर्णय नलिँदा कर्णाली सरकारबाट एमाले बाहिरिएको छैन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता