प्रदेश सरकारको प्राथमिकता अर्गानिक दुनोमा (पिलेट) अर्गानिक परिकार माला

प्रदेश सरकारको प्राथमिकता अर्गानिक दुनोमा (पिलेट) अर्गानिक परिकार माला

फागुन १७ सुर्खेत

प्रदेश सरकारको प्राथमिकतामा  अर्गानिक दुनोमा अर्गानिक परिकार माला  प्रयोग गर्न सुरु गरिएको छ।

विज्ञापन

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा कर्णाली प्रदेशको भू उपयोग नीति ऐन तथा जोखिम संवेदनशील भू उपयोग योजना सम्बन्धी प्रस्तुतीकरण तथा छलफल कार्यक्रममा  प्रदेश सरकारको प्रथमिकतामा  अर्गानिक दुनोमा अर्गानिक परिकार माला पहिलो पटक प्रयोग गरिएको हो।

Culinary The hospitality center Surkhet ले उत्पादन गरेको अर्गानिक खाजा परिकार मालामा फापरको चाउमिन,  कागुनुको सलाद, फापरको मफिन, कोदोको मफिन, कोदोको डुनट, स्राफ र चिनोको खिर पहिलो पटक मन्त्री शर्माको प्राथमिकतामा अर्गानिक खाजा अर्गानिक दुनोमा अर्गानिक परिकारमाला प्रयोग भएको हो।

अर्गानिक दुनो भित्र सजिएको परिकार माला पहिलो पटक मुख्य मन्त्री राजकुमार शर्मा सहित सबै मन्त्री तथा मन्त्रालयका सचिवहरूले अर्गानिक खाजालाई सरकारी खाजाको रूपमा प्रयोग गर्नु भएको हो।

गत फागुन ६ गते  भूमि व्यवस्था कृषि तथा  सहकारी  मन्त्रालयको आयोजना  कर्णालीका रैथाने बाली सबैका लागि सधैँका लागि भन्ने मूल नाराका साथ दोस्रो दिवसको अवसरमा  मन्त्री शर्माले कर्णालीमा उत्पादित रैथाने बालीको संरक्षण ,सम्बर्द्धन सुरक्षा उत्पादन र मूल्य श्रृंखलामा आधारित कार्यक्रम सगै प्रदेशका सबै मन्त्रालयका गोष्ठी सभा तथा तालिममा अर्गानिक खाजा प्रयोग गर्ने प्रतिबद्धता एक महिना नबित्दै कार्यान्वयन भएको छ।

कर्णाली प्रदेश सरकारको २०७४ फागुन ६ गते बसेको पहिलो मन्त्रिपरिषद् बैठकले ‘अर्गानिक कृषिको आधार खडा गरी रैथाने बाली वस्तुको संरक्षण गर्ने’ निर्णयले कर्णाली प्रदेश लाई अर्गानिक प्रदेश बनाउन र अर्गानिक कृषि प्रणालीको माध्यमबाट कृषि पेसालाई व्यावसायिक मर्यादित र प्रतिस्पर्धी बनाइ कृषकहरूको जीवनस्तरमा सुधार गर्ने लक्ष्य प्राप्ति लागि कर्णाली प्रदेशका सबै मन्त्रालयमा अर्गानिक खाजा प्रयोग गर्न निर्देशन गर्नु भएको थियो।

कर्णाली प्रदेशलाई भोकमरी देखाएर राजनीति गर्न कसैलाई छुट नभएकोले अब भोकमरीको राजनीति छाडेर कर्णालीमा उत्पादन भएका अर्गानिक वस्तुलाई मूल्यवान् बनाउन सकिन आधार तय गर्न अनुरोध गर्नु भयो।

मन्त्री शर्माले सबैले कर्णालीका बस्तु सबै मूल्यवान् हून भनेर लोगो बनाइ अर्गानिक परिकार माला बनाइ व्यवसाय गर्न सहयोग गर्न मन्त्रालय तयार भएको बताउनु भयो।

अर्गानिक बस्तुको मुल्यवान भनेर चिनाउने काम अहिले सम्म कोही कसैबाट नभएकाले अब मन्त्रालयका सबै गोष्ठी सभा सम्मेलन र तालिममा अर्गानिक खाजा नै प्रयोग गर्ने निर्देशन गर्नु भयो

अहिले पनि गाउँमा अर्गानिक बस्तु उत्पादनमा कमी नभएको तर प्रयोगमा कमी भएकोले हामी दैनिक रासायनिक अखाद्य बस्तु खाएर क्यान्सर मधुमेहे प्रेसरका विरामको संख्या दिनानुदिन बढ्दै गाएकाले यसबारे सबै सचेत रहँदै अर्गानिक खाना नै स्वास्थ्यको लागि लाभदायक भएको बताउनु भयो।

प्रदेश राजधानीमा अखाद्य बस्तुको प्रयोगमा हुल भेल हुने तर अर्गानिक खाजा घरमा नगन्ने मात्रामा उपभोक्ता हुने भएकोले अर्गानिक खाजा घरमा अव प्रदेश सरकारको ध्यान गएको बताउनु भयो।

प्रदेश राजधानी सुर्खेतमा रहेको Culinary The hospitality center  Surkhet ले अर्गानिक वस्तुको खपत तथा प्रयोग सम्बन्धी तालिम तथा अर्गानिक रैथाने बालीको  परिकार माला बनाउने ज्ञान सिप तथा सेवा सम्बन्धी व्यवहारिक अध्ययन गर्ने अवसर प्राप्त भएकोले यसको प्रशंसा मात्रै हैन प्रवर्धन गर्न आवश्यक रहेको बताउनु भयो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता