राष्ट्रपति रनिङ सिल्डले संघियता बलियो हुँदैछः मन्त्री शर्मा

राष्ट्रपति रनिङ सिल्डले संघियता बलियो हुँदैछः मन्त्री शर्मा

फागुन ११ सल्यान

जिल्लामा राष्ट्र पति रनिङ सिल्ड हुनु भनेको संघियता बलियो हुने  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताउनु भएको छ।

विज्ञापन

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ सल्यान बनगाड कुपिण्डे नगरपालिकाको दोस्रो नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शर्माले राष्ट्रपति रनिङ सिल्ड जिल्लामा हुनु भनेको संघियता बलियो हुने बताउनु भएको हो।

मन्त्री शर्माले हिजाे राजाको नाममा वीरेन्द्र सिल्ड पनि जिल्लामा हुने गरेको र आज राष्ट्रपति रनिङ् सिल्ड हुनु एउटै हो के फरक छ भन्दै अहिले नेता भएर के भाे संघियता  तथा गाउँपालिका नगरपालिका भएर के भो भनेर संघियता बिराेधीले सामाजिक सञ्जालमा भ्रमको खेति गर्नेको कमि नभएकोले जिल्लामा राष्ट्र पति रनिङ् सिल्ड खेल बिद्यार्थीहरुले खेल्नु हुदैछ र केन्द्रमा सांसदहरुले राष्ट्रपति बनाउने खेल खेल्दै हुनुहुन्छ यसले राष्ट्रपतिको महत्व  ग्रामीण क्षेत्रका बालबालिकाकाे मस्तिष्कमा राष्ट्रपतिको महत्व बुझ्ने भएकाले बिद्यार्थीले यसका बारेमा ध्यान दिनु पर्ने बताउनु भयो।

विद्यार्थीलाई खेलकुद लगाए विभिन्न क्षेत्रबाट देश, राष्ट्रले मागेको पूरा गर्न र त्यसमा सरकारले सहयोग गर्न तयार रहेको बताउनु भएको छ । आमा बाबुले छोराछोरो बाट धेरै आशा गरेर लगानी गरेको त्यो पूरा गर्न सबै विद्यार्थी भाइ बहिनीहरूलाई अनुरोध गर्नु भएको छ ।

हिजो विभिन्न तरिकाले खेल खेले पनि अहिले यसलाई संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि राष्ट्रपति रनिङ्ग शिल्डको रुपमा खेल खेल्नु  भनेको  लोकतन्त्र संघियताको संस्थागत  भएको बताउनु भयो।

एक प्रश्न गर्दै मन्त्री शर्माले अनलाइन हाजिरी जबाफ प्रतियोगितामा नेपालको संबिधानको पुरा नाम केहो भन्ने प्रश्नको जवाफ काेही सहभागिबाट नआएकाले यसको जवाफ  खोज्न अनुराेध गर्दै नेपालको संविधान संघियता गणतन्त्रको आधारभूत पक्षबारे विद्यार्थीले जानकारी राख्नु पर्ने सुझाउनु भयो।

एक स्थानीय तह एक खेलकुद मैदान बनाउने कर्णाली प्रदेश सरकार अघिल्लो सरकारले गरेको कुनै ठाउँ बनी सकेको नबनेको ठाउँमा स्थानीय सरकारको समन्वय खेल मैदान बनाउन पहल गर्ने प्रतिबद्धता जनाउदै  कर्णाली प्रदेश  सरकारले   कृषिमा स्थानीय, प्रदेश संघ सरकार एनजीओ र कृषक संयुक्त लगानीमा रोजगारी सिर्जना गर्ने प्रदेश सरकारको नीति रहेको समेत बताउनु भएको छ ।

प्रदेश सरकारले बाझो जग्गालाई लिज भाडामा १० वर्ष सम्म करार गरेर लिएमा त्यस्तो कृषकको लागि सरकार उक्त जग्गा भाडा समेत तिरिदिने बताउनु भएको छ । त्यसको लागि कृषक तयार हुन आग्रह गर्नु भएको छ ।

उत्पादन गरेको बस्तुको प्रोत्साहन स्वरूप प्रती केजीको ५ रुपैयाँका दरले  लागत सहभागितामा अनुदान  दिने समेत बताउनु भयो।

अहिले कृषकहरूलाई बैंक तथा बितिय संस्थाबाट २ प्रतिशतमा व्याज तिर्ने र बाकी सरकार तिरि दिने गरि ऎन र नियमावली बनाउने तयारी अन्तिम चरणमा रहेको र त्यो छिटै लागू भएमा कृषकहरूलाई ठुलो सहयोग हुने बताउनु भएको छ ।

स्थानीय सरकारको समन्वयमा तटबन्ध, खानेपानी, सडक, सहकार्य गरि विकास गरिने समेत बताउनु भएको छ । प्रत्येक वडामा के उत्पादन हुन्छ त्यसको आधारमा प्रदेश सरकारले लगानी गर्ने समेत बताउनु भएको छ निगाल्चुलामा तत्काल टिमुर, ओखरको राम्रो सम्भावना भएकाले त्यसका लागि पहल गर्ने बताउनु भएको छ ।

साथै शिक्षा क्षेत्रमा परिवर्तन गर्नको लागि नगरपालिका सदरमुकामको बिध्यालय बनाउन सबैलाई आग्रह गर्दै त्यसको लागि आफ्नो ठाउबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले नगरपालिका विकास लिपी बद्ध तरिकाले अगाडि बढेको र खेलकुद लगाएत अन्य क्षेत्रमा पनि विकास भएको बताउनु भएको छ ।

८ माविका १६ वटा बिध्यालय को सहभागिता  रहेको  रनिङ् सिल्ड १३ गते सम्म  सञ्चालन हुने कार्यक्रमको  अध्यक्षता नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको  अध्यक्षतामा  सुरु भएको रनिङ सिल्ड कार्यक्रममा  नगर उप प्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती, १२ वटा वडाका वडा अध्यक्ष, जिल्ला खेलकुद समितिका अध्यक्ष खड्क आचार्य, राजनीति दलका प्रतिनिधि, मावी स्कुल प्र अ, बिषयगत शाखा प्रमुख, शिक्षक अभिभावक विद्यार्थी लगाएत विभिन्न व्यक्तिहरूको उपस्थितिमा रनिङ सिल्डको उद्घाटन गरिएको कार्यक्रमको सञ्चालन  ।  समाजिक विकास समितीका सयोजक तथा ७ न वडा अध्यक्ष जीवन सिंह ठकुरी तथा स्वागत  धुब्रा कुमारी थापाले गर्नु भएको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता