माओबादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रनसिंह परियार

माओबादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रनसिंह परियार

फागुन १० सुर्खेत

नेकपा माओबादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रनसिंह परियार चयन हुनु भएको छ।

विज्ञापन

माओबादी केन्द्र केन्द्रीय सदस्य तथा हुम्लाबाट निर्वाचित परियार लाइ  माओबादी केन्द्र संसदीय दलको आज बसेको बैठकले  प्रमुख सचेतकमा चयन गरेको हो

हुम्ला प्रदेश सभा ‘क’ बाट नेकपा माओवादी केन्द्रका रनसिंह परियार विजयी भएका छन्। आफ्ना निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीलाई पराजित गर्दै उनी सांसद चुनिएका हुन्।

हुम्ला निर्वाचन क्षेत्र १ क बाट  ६ हजार ४८१ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार मंगल बहादुर शाहीलाई १ हजार ८५१ मत पछप पार्दै परियार प्रदेश सभा सदस्यमा निर्वाचित हुदै  परियार संसदीय दलको प्रमुख सचेतमा नियुक्ति हुनु भएको  हो।

हुम्लाबाट पहिलो पटक निर्वाचित सांसद बन्ने इतिहास बनाउनु भएको परियारले  कर्णाली  माओबादी केन्द्रको  संसदीय दलको प्रमुख यात्रा सम्म पुग्न सफल हुनुभएको छ।

को हुन रनसिंह परियार 

रनसिंहको घर हुम्लाको अदानचुली गाउँ पालिका– १ कल्खे भन्ने गाउँमा हो। उनको बाल्य काल गाउँमै बित्यो। अति गरिब परिवारमा जन्मे–हुर्केका रनसिंह इतिहास रच्दै जिल्लाबाट आफ्नो समुदायको सांसद  बन्नु भएको ।

२०३३ सालमा जन्मेका नरसिंह परिवारको बाँच्ने आधार पुर्ख्यौली दर्जी पेसा हो। घरमा बाजे–बाका पालादेखि नै लुगा सिलाउँदै आएको उनको परिवार खलोबाट उठेको अन्नबाट परिवार पाल्थ्यो। जग्गा–जमिन थिएन। तर नरसिंहले परिवारमा विद्रोह गरेर पढे।

उनको परिवारमा कोही विद्यालय गएका थिएनन्। पढाउनुपर्छ भन्ने चेत थिएन। दलितलाई पढ्न सहज पनि थिएन। जातीय छुवाछूतले समाज आक्रान्त थियो। तर पनि उनले गाउँकै दलित समुदायको एक्लो विद्यार्थीका रुपमा विद्यालयमा पाइला टेके।

गाउँघरमा गोरु चराउँदाका गैरदलित साथीहरु स्कुल जान्थे। उनलाई पनि जान मन लाग्यो। मन लागेर मात्र कहाँ हुन्थ्यो र? घरमा गोरु–बाख्रा हेर्न लगाउँथे। उनी भागेर स्कुल गए, साथीहरुको पछिपछि लागेर।

रनसिंहले प्राथमिक शिक्षा गाउँकै जनकल्याणमा लिए। त्यो बेला कापी–कलम हुँदैनथ्यो। कालोपाटीमा खरीले लेखेर कखरा जाने। ‘घरमा कापी–कलम किन्ने पैसा हुँदैनथ्यो। खानै धौधौ हुन्थ्यो, कहाँबाट किन्नु कापी कलम,’? उनी सुनाउँछन्। कक्षामा उनी एक्लो दलित थिए। उनी मुनिका भाइ–बहिनी कसैले पढ्न पाएनन्।

स्कुलमा जेहेन्दार विद्यार्थीका रुपमा कहलिए। जिल्लामा दलित जेहनदार विद्यार्थीलाई छात्रवृत्ति दिने संस्था आयो। जिल्ला शिक्षा कार्यालयको समन्वयबाट उहाँले  महिनाको ५० रुपैयाँ पाए लगतै  त्यही पैसाले कापी–कलम किनेर बिद्यालय शिक्षा अध्ययन गर्नु भयो।

, ‘त्यो ५० रुपैयाँ छात्रवृत्ति उहाँले  १० कक्षासम्मको अध्ययन यात्रा तय गर्नु भयो।। २०४८ सालमा एसएलसी दिए र पास गरेर अध्ययन लाइ राेक्नु भएका परियारको औपचारिक पढाइ बिश्राम गर्नु भयो। घरमा आर्थिक संकट थियो। हुम्ला त्यसै पनि विकट जिल्ला हो। आजसम्म पनि मोटर–गाडी सजिलै पुग्न सकेको छैन। त्यो समय कस्तो अवस्था थियो होला सहजै अनुमान गर्न सकिन्छ।  दलित समुदायको धेरै पढेको व्यक्ति बनेको परियार  त्यसपछि भने पढाउन सुरु गर्नु भयो।

स्थायी शिक्षकका रुपमा रनसिंहले २०४९ देखि २०५९ सालसम्म पढाउनु भएका  हुम्लाकै हिमाली प्रा वि, चंखेली प्रा वि र छत्रमान प्राविमा अध्यापन गर्नु भयो। तर एक दशकको सरकारी जागिर छाडेर उनी भूमिगत राजनीतिमा  लाग्नु भयो।

२०४६ सालमा भएको बहुदलको आन्दोलनले उहाँमा राजनीतिक चेत खुलेको हो।  तत्कालीन एमाले निकट अनेरास्ववियुबाट राजनीति थालेका  परियार  विद्यार्थी जीवनमा उहाँ राजनीतिमा होमिएरै  प्लस टु भने पछि सूर्योदय उच्च मावि श्रीनगरबाट गर्नु भयो।

२०४५ सालमा कक्षा ७ मा अध्ययन गरिरहँदा नै सूर्याेदय मावि श्रीनगरमा नेकपा मालेको अनेरास्ववियु सदस्य बन्नुभयो। २०४६ सालमा अनेरास्ववियुको सूर्योदय माविको सचिव पदमा रहेर काम गर्दै  २०५८ सालदेखि गाउँ कमिटीको सदस्य तथा अखिल नेपाल शिक्षक संगठनको जिल्ला कमिटी सदस्य प्राप्त गर्नु भयो।

रनसिंहले माओवादी जनयुद्धलाई नजिकबाट नियाल्दै  दुर्गमका वस्ती–वस्तीमा माओवादीको प्रभाव परेको देखेपछि  शिक्षक पेशामा रहँदा  पनि विभिन्न तवरबाट सहयोग गर्दै  समाजमा भोगेका अनेक विभेदले पनि उहाँलाइ माओवादी आन्दोलनले आकर्षित गर्यो।

२०५२ फागुन १ गतेदेखि माओवादी युद्ध सुरु भएपछि उनले सात वर्षसम्म भूमिगत जीवन बिताउदै तत्कालीन माओवादी र सरकारबीच १२ बुँदे सम्झौता भयो। कोही लाखापाखा लागे। कसैले पुरानै जीवन अपनाए। रनसिंह भने राजनीतिमा झन् सक्रिय  हुदै  मुक्ति मोर्चाका विभिन्न संगठनमा काम गर्नु भयो।

२०६५ सालमा नेकपा माओवादी भेरी कर्णाली राज्य समिति सदस्य, २०७० सालमा नेपाल दलित मुक्तिमोर्चा थारूवान प्रदेश संयोजक, पार्टी केन्द्रीय भेला आयोजक सदस्यको जिम्मेवारी समेत उनले सम्हालेका परियनर  मोर्चाका विभिन्न पदमा संलग्न रहँदै दलितका मुद्दा उठाउँदै आउनु भएको छ।

२०७३ सालमा नेपाल दलित मुक्तिमोर्चाको केन्द्रीय सदस्य र कर्णाली प्रदेश सहसयोजकका रुपमा काम गरिसकेका परियार काह मोर्चाको कर्णाली प्रदेश सह इन्चार्जको जिम्मेवारी समाल्नु भएको छ।

एमालेसँग पार्टी एकता भएपछि नेकपा बन्यो। एकता भएसँगै नेकपाको कर्णाली प्रदेश सदस्यको जिम्मेवारीमा रहेर काम गरेका  परियार   पार्टीका विभिन्न समयमा विभिन्न पदीय जिम्मेवारी सम्हालेको उनको अनुभव छ।

हाल परियार माओबादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारीका रहनु भएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता