प्रजातन्त्र दिवस शासक प्रति हैन नागरिक प्रति जिम्मेवार छः मुख्य मन्त्री शर्मा

प्रजातन्त्र दिवस शासक प्रति हैन नागरिक प्रति जिम्मेवार छः मुख्य मन्त्री शर्मा

फागुन ७ सुर्खेत

प्रजातन्त्र दिवस शासक प्रति उत्तरदायी नभइ जनतामा उत्तरदायी भएको कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री राज कुमार शर्माले बताउनु भएको छ।

विज्ञापन

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आयाेजना गरिएको ७३ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा  मुख्य मन्त्री शर्माले  २००७ सालको  नागरिक आन्दाेलनले १०४ बर्षिय राना शासन अन्त्य भइ नागरिक अधिकार प्राप्त भएको दिन भएकाले प्रजातन्त्र दिवस  शासन गर्ने शासक भन्दा नगारिक प्रति जिम्मेवार भएको बताउनु भयो।

नेपाली जनताले भनेजस्ताे नागरिक अधिकार प्राप्त गर्न पटक पटक नागरिक आन्दाेलन गर्नु पर्ने र नागरिक सधैँ शासकबाट शासित भइ रहेने  अवस्था सृजना भएकाले नेपाली  जनताले २०१७ साल  जस्तै अहिले पनि  संकेत देखा परेकाले यसको लागि सबैले खबरदारी गर्नु पर्ने बताउनु भयो।

नागरिक हक र अधिकार प्राप्त नभएको र सार्वभौम नेपाली जनता जहिले पनि एकात्मक राज्य शत्ता बाट शासित भएकोले २०५२ हालमा नागरिक विद्रोह सगै १० बर्षिय क्रान्ति भएकाे जीकीर गर्दै यसबाट प्राप्त गरेका उपलब्धी संघियता  गणतन्त्र समानुपातिक समावेशी  धर्म निरपेक्षता को बिरुद्ध कतै कतै  आँखीझ्यालबाट संकेत देखिएकाले यसका विरुद्ध प्रजातन्त्र दिवस नागरिक प्रति थप जिम्मेवार रहनु पर्ने बताउनु भयो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता