ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कर्णाली आमसंचार प्रतिष्ठान गठन हुन्छ : मन्त्री जी.सी

कर्णाली आमसंचार प्रतिष्ठान गठन हुन्छ : मन्त्री जी.सी

सुर्खेत १३ माघ ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जी.सीले कर्णालीमा आमसंचार प्रतिष्ठान गठन प्रक्रियालाई अघि बढाउने बताएका छन् ।

विज्ञापन

पोखरामा जहाज दुर्घटनामा ज्यान गुमाएका प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेल लगायतहरूको १३ औं पुण्यतिथिमा प्रेस सेन्टर कर्णाली प्रदेश समितिले सुर्खेतमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जी.सीले आम संचार प्रतिष्ठान मार्फत संचार क्षेत्रलाई प्रविधि मैत्री बनाउँदै प्रवर्द्धन तथा विकास गर्न पहल गर्ने बतााए ।

पत्रकारको भौतिक तथा पेशागतका साथै स्वास्थ्य सुरक्षाका लागि पनि प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने उनको भनाई छ ।

सूचना प्रविधिमा भएको विकासले शान्ति सुरक्षामा समेत चुनौती थपिएको भन्दै मन्त्री जी.सीले प्रादेशिक तहमा सचेतनामुलक कार्यक्रमका सहितका सुरक्षा योजना बनाउने गरी तयारी भईरहेको जानकारी समेत दिए । घाईते अपाङ्गता भएका पत्रकार सहित सम्पूर्ण नागरिकलाई स्वास्थ्य उपचारको प्रबन्ध मिलाउने तथा पुर्न स्थापना केन्द्र निर्माण गर्ने योजना सुनाए ।

संचारमाध्यमको विकासका लागि अविभाकत्व प्रदान गर्दै प्रदेश सरकारले मिडिया प्रवर्द्धन कार्यक्रमका लागि नीति निर्माण गर्ने बताएका छन् ।

श्रद्धाञ्जली कार्यक्रममा कर्णाली प्रदेशमा आमसंचार प्रतिष्ठान गठन नहुँदा संचार क्षेत्रका कामहरुमा प्रगति हुन नसकेको भन्दै प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशका अध्यक्ष प्रतिक इच्छुक शर्माले जनाए ।

अध्यक्ष शर्माले स्वर्गीय त्रिभुवन पौडेलको पत्रकारिता क्षेत्रमा पुर्याएको योगगदानका बारेमा चर्चा गरेका थिए । आमसंचार प्रतिष्ठान विधेयक अहिले कर्णाली प्रदेशसभामा निष्क्रिय अवस्थामा रहेको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता