गुल्मी जिल्लाबाट प्रत्यक्ष उम्मेदवार दाबि गर्ने काे हुन गीता थापा

गुल्मी जिल्लाबाट प्रत्यक्ष उम्मेदवार दाबि गर्ने काे हुन गीता थापा

कमला परियार भदाै १९ गुल्मी

नेकपा माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) गुल्मीको आईतबार बसेको जिल्ला कमिटी बैठकले गुल्मीका तीन वटा प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचनको उम्मेदवारका दाबि सहित पार्टीमा ध्यानाकर्षण गरेकाे छ।

विज्ञापन

भोली सोमबार हुने गईरहेको जिल्ला पार्टी बैठकको पूर्व सन्ध्यामा अनेमसंघ क्रान्तिकारी जिल्ला संगठनले महिलाहरुलाई प्रत्यक्ष निर्वाचन लड्न पाउने अधिकार सुनिश्चित गर्न दबाव दिने उदेश्यले प्रत्यक्ष उम्मेदवार सिफारिस गरेकाे छ।

संघिय निर्वाचनमा पनि हामी महिलाहरूको प्रत्यक्ष निर्वाचनमा हाेमिने निर्णय गरेकाे संगठनले गठबन्धन हुने भएका कारण अनिश्चित हुँदा जिल्लाका चार प्रदेश मध्ये ३ वटा प्रदेशमा महिलाहरूलाई प्रत्यक्ष निर्वाचनका लागि उमेदवार बनाउन माग सहित जिल्लाकाे नेतृत्वमा ध्यानार्षकन गरेका हुन।

बैठकले गरेको निर्णय अनुसार क्षेत्र नम्वर १ को ‘क’ प्रदेश सभाका लागि केन्द्रिय सदस्य सिर्जना तरामुलाई प्रत्यक्ष तर्फको उमेदवारमा सिफारिस गरिएको छ भने प्रदेश सभा ख सांसद गीता थापालाई प्रत्यक्ष निर्वाचनको उमेदवार बनाउने निर्णय भएको छ ।

गुल्मी जिल्लाबाट प्रत्यक्ष उम्मेदवार दाबि गर्ने काे हुन गीता थापा

गीता थापा जनयुद्धकालिन एक महिला नेत्री हुन । नेकपा माओबादी मा २०५८ साल देखि बिद्यार्थी संगठनकाे यात्रा तय गरेर पार्टीमा हाेमिएकी थापा काे राजनैतिक जिवन यात्रा बिद्यार्थी संगठनकाे एकाइ काेषाध्यक्षबाट सुरुवात गरिकी थिइन।

पार्टी र क्रान्तीकाे यात्रा तय गर्दै गर्दा थपा २०५९ सालमा पुर्णकालिन कार्यकर्ता भएर पार्टी र संगठनमा काम थालेकी गिता नेपाली सेनाकाे चुङ्गलवाट उम्किन सकिनान थापा २०६१ साल चैत्रमा नेपाली सेनाकाे गिरफ्तारीमा परिन ।

१५ महिने जेल जिवन बताएकी गिता २०६२ सालमा जेल मुक्त भए पछि पार्टीकाे काममा निरन्तर जाेडिएर काम गर्दै जनमुक्ति सेनाकाे सेक्सन कमाण्डर हुदै अनेमा संघ काे जिल्ला अध्यक्ष काे भुमिकामा काम गरिन।

पार्टी र संगठनकाे काममा निरन्तर जाेडिएर जनयुद्ध र जनआन्दाेलनलाइ सफल बनाउन गुल्मीमा पार्टी नेतृत्व संग समन्वय गर्दै पार्टी र क्रान्तिकाे दिशा निर्देश गर्न बस्ती बस्तीमा नेपाली जनताकाे भाग्य र भविष्यकाे नयाँ यात्रा संघिय लाेकतान्त्रिक गणतन्त्र ल्याउन १९ दिने जनआन्दाेलनमा महत्वपुर्ण भुमिका खेलेकी थिइन।

पार्टी र क्रान्तीका लागि निडर कुशल नेतृत्व स्पस्ट बक्ताकाे रुपमा काम गर्दै आएकी थापाले प्रदेश सरकारबाट उत्पीडित समुदायकाे आवाजकाे रुपमा काम गरिरहेकी छिन ।

नेकपा माओवादी केन्द्र सघिय निर्वाचन क्षेत्र १ (ख) प्रदेश पाटी संयोजक को जिम्मेवारीमा रहेकी गिता २०७४ सालमा गुल्मी जिल्लाबाट लुम्बिनी प्रदेशको समानुपातिक को सांसद मा सिफारिस भइ हाल प्रदेश सांसदमा बहाल छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता