दाङमा भाेली देखि यात्रुबाहक सवारी साधन चल्ने

दाङमा भाेली देखि यात्रुबाहक सवारी साधन चल्ने

असार १५

दाङमा भाेली देखि सार्वजनिक यात्रुबाहक सवारी साधन चल्ने भएका छन।आज बसेकाे जिल्ला काेराेना संकट ब्यबस्थापन समिती‍ डिसिसीएमसीकाे निर्णय अनुसार स्वास्थ मापदण्ड अपनायर सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेकाे हाे।

विज्ञापन

गत बैशाख १९ गतेबाट देशभर काेराेना महामारी राेमथाम गर्नकाे लागी यात्रुबाहक सवारी साधन आवागमनमा राेक लगाएकाे थियाे।देशभर लकडाउन भए सगै सवारी साधनमा राेक लगाए पछि नागिरककाे जीवनशैलीमा समस्या आए सगै सरकारले जाेडबिजाेड नम्बर प्रणाली वाट निजी सवारी साधन चल्ने निर्णय गरेकाे थियााे। तर निजी सवारी साधनले सेवा प्रवाहमा चर्काे भाडा लिने समस्याका कारण दाङ जिल्लामा असार २२ गते सम्म लकडाउन थप गरे पनि सवारी आवागमनमा सहज हुने गरी भाेली देखि निजी तथा सार्वजनिक सवारी साधन दाङ जिल्ला भित्र मात्र चल्ने भएका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता