ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
लाइसेक परियोजनाको ३ दिने अर्धबार्षिक समिक्षा तथा सिकाइ आदनप्रदान गोष्ठी सम्पन्न

लाइसेक परियोजनाको ३ दिने अर्धबार्षिक समिक्षा तथा सिकाइ आदनप्रदान गोष्ठी सम्पन्न

२३ असोज २०७८ सल्यान

लाइसेक परियोजनाको ३ दिने अर्धबार्षिक समिक्षा तथा सिकाइ आदनप्रदान गोष्ठी सम्पन्न भएको छ।

विज्ञापन

दलित सेवा संघको आयोजना बिकास नर्वेको आर्थिक सहयोगमा सञ्चालित बिभेदमा पारिएका समुदायको जीवीको पार्जन सुधार परियोजना चरण २ को अर्धबाषिक समिक्षा तथा सिकाइ आदनप्रदान गोष्ठी बरलामा समपन्न भएको हो।

दलित सेवा संघ सल्यानका अध्यक्ष दिल बहादुर परियारको अध्यक्षता तथा संघका केन्द्रिय अध्यक्ष ईश्वरी प्रशाद विश्वकर्मको प्रमुख आथित्यता तथा संघका केन्द्रिय कार्यकारी निर्देशक टंक बहादुर विश्वकर्म केन्द्रिय लेखा प्रशासन अधिकृत निर्मला पुर्कोटीको बिशेष उपस्थिती तथा दाङ जिल्लाका शाखा कार्यबाहेक अध्यक्ष लिला बिक सचिव सन्तोष  बिक जिल्ला शाखा सल्यानका सचिव धन बहादुर परियारको उपस्थितीमा कार्यक्रमको औपचारिक उदघाटन केन्द्रिय अध्यक्ष ईश्वरी प्रशाद बिकले गर्नु भएको थियो।

साथै जिल्ला शाखा सल्यानको आयोजनामा सल्यान जिल्लामा आउनु भएका डाक्टर संकेत बिक र डाक्टर प्रदिप बयलीलाई शाखा तर्फबाट खादा तथा दोसल्लाबाट सम्मान गरिएको थियो।

उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष बिकले दलित सेवा संघ र परियोजना फरक नभइ दलित तथा सिमान्तकृत समुदायको सामाजिक न्याय सहितको मानब अधिकार प्राप्त गरी दलित समुदायको जीवीको पार्जन सुधार गर्दै  जातिय बिभेद अन्त्य गर्न सवालमा परियोजनाले पनि संस्थाको लक्ष र उदेश्य पुरा गर्ने भएकाले कर्मचारी तथा संघका पदाधिकारी सामाजिक अभियान्ता बन्नु पर्ने बताउनु भएको थियो।

३ दिन सम्म सञ्चालन भएको अर्धबार्षिक सिमक्षा सिकाइ आदन प्रदान गोष्ठीमा परियोजनाले गरेका उपलब्धीको प्रभाव तथा बिश्लेषन बाट परियोजनालाइ सफल बनाउने उदेश्यले सञ्चालन गरेको गोष्ठीको सहजीकरण केन्द्रिय कार्यकारी निर्देशक टंब बहादुर बिश्वकर्मले गर्नु भएको थियो

निर्देशक बिकले दलित सेवा संघ र परियोनाले दलित तथा सिमान्तकृत समुदायमा पारेको प्रभाव तथा असरलाइ बिश्लेषन गरी उपलब्धी मुलक प्रस्तुति जिल्लाका कर्मचारी तथा परियोजना संयोजकले प्रस्तुत गर्नु भएको थियो।

३ दिन सम्म संस्था र परियोजनाको बारेमा सहजीकरण गर्नु भएको गोष्ठीमा परियोजनाको उदेश्य लक्ष तथा नतिजा बिश्लेशन  तथा कार्ययोजना निर्माण सम्बन्धी प्रशिक्षण गर्नु भएको कार्यक्रममा जलवायु परिवर्तन  लैगिक समानता तथा समाजिक समावेशीकरण खाद्यसुरक्षा सम्बन्धी नितीगत तथा प्रबधान वारे प्रशिक्षण गर्नु भएको थियो।

संस्थाका पदाधिकारी तथा परियोनाका कर्मचारी गरी १६ जनाको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक यज्ञकुमार विकले गर्नु भएको थियो।  

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता