लाइसेक-2 परियाेजनाको अनुगमन सम्पन्न

लाइसेक-2 परियाेजनाको अनुगमन सम्पन्न

सल्यान २०७८ असाेज १८

सल्यानको कालीमाटीमा लाईसेक-2 परियाेजनाको अनुगमन कार्यक्रम आज सम्पन्न भएको छ।

विज्ञापन

दलित सेवा संघको आयाेजना विकास कोष नर्वेको आर्थिक सहयाेगमा सञ्चालित बिभेदमा पारिएका समुदायको जीवीको पार्जन सुधार परियाेजना चरण २ को कार्यक्षेत्र कालीमाटी गाउपालिका वडा नं २ र ३ का दुइ वटा समुहमा अनुगमन कार्य सम्पन्न गरिएको हो।

संघका कार्यकारी निर्देशक टंक बहादुर बिश्वकर्म र केन्द्रिय लेखा प्रशासन अधिकृत निर्मला पुर्कोटीले समुहमा अनुगमन गर्नु भएको थियो।

दलित सेवा संघको आयाेजनामा सल्यान जिल्लाका २ नगरपालिका र एक गाउपालिका कार्यक्षेत्र रहेको परियाेजनाको कालीमाटी गाउपालिका वडा नं २ र ३ मा गठित शारदा पशुपालन समुह र जनचेतना घर बगैचा सुधार समुहमा अनुगमन गरिएको हो ।

तर्क बहादुर बिक को मौरी पालन अनुगमन

पालिकाकाे वडा नं२ मा गठित शारदा पशुपालन समुहमा कुखुरा सहयाेग तथा वडा नं ३ मा गठित जनचेतना घरबगैचा सुधार समुहमा स्वास्थ्य तथा पोषण सुरक्षा अभिबृद्धी गर्न एकीकृत घरबगैचा सुधारको लागी मौरी बिभिन्न प्रजातिका फलफुलका विरुवा र तरकारी वालीका बिउ सहयोगबाट दलित तथा सिमान्तकृत समुदायको स्वास्थ तथा पोषण सुधार सहित गरिवी निवारणमा पुगेको सहयोग र समुहको सशक्तीकरण बारे समुहमा सामुहिक छलफल तथा नमुना छनौटको बिधी प्रयाेग गरी घर सर्वेक्षण गरी अनुगमन कार्य सम्पन्न गरिएको हो।

अनुगमनमा समुहका सस्यहरुले परियाेजनाले दलित तथा सिमान्तकृत समुदायको आर्थिक सवलीकरण गर्दै गरिवी निवारण गर्न सहयोग गरेकाले थप आर्थिक सुधार गर्ने क्रियाकलापमा सहयोग गर्नु पर्ने बताएका थिए।

कार्यक्रमको उपलब्धी तथा सफलता समुहको एकता तथा सृजनशिलकार्यबाट हुने भएकाले सबैले हाम्रो समुह हाम्रो कार्यक्रम भन्ने भावनाको विकास गरी संस्थाबाट प्राप्त गरेका क्रियाकलापलाइ प्रभावकारी बनाउन सकेमात्र गरिवी निवारणमा सघाउ पुग्ने भएकाले त्यस्ता कार्य थालनी गर्न निर्देशक बिश्वकर्मले सुझाउनु भएको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता