म एक निर्धो बेहक नागरिक हुँ…..

गणेश कुमार विक (चिन्तन ) नेपाल पत्रकार महासंघ रुकुम पश्चिम पुर्व अध्यक्ष

ई-प्रतिबिम्ब साहित्य २०७८ श्रावन ४

विज्ञापन

याे देशकाे राज्य सत्ता फेरीयाे तर भुइसतहका आवाज र पिडा कसैले सुनेकाे छैन। समाज रुपान्तरकाे लागी भुइ सतहबाट उठेका मुठ्ठी र आवाजले आज दिनानुदिन नयाँ मर्यादा र सम्मान पाउदा किन समाजले भुइ सतहकाे आवाजलाइ सधै निर्धाेबाहेक अरु केही चेत राख्न हिम्मत गर्दैन यसै बिषयमा नेपाल पत्रकार महासंघ रुकुम पश्चिम पुर्व अध्यक्ष तथा ई-प्रतिबिम्व डट कम संरक्षक गणेश कुमार बिकले श्रृजना गरेकाे म एक निर्धो बेहक नागरिक हुँ भन्ने कबिता

हरेक पल्ट फेरिने शासनले

तिमीलाई नै आसन बनाउँछ म त

संधैभरी तिम्रो शासनको डन्डा खाने म

एक निर्धो बेहक नागरिक हुँ ।।

हरेक पल्टफेरिने शासनले तिम्रो महल बन्छ

तिम्रो सान र मान चुलिन्छतिम्रो कथा फेरिन्छ

तिम्रो इतिहास फेरिन्छ तर न मेरो कथा फेरिन्छ

न मेरो इतिहास फेरिन्छ खाली म एक निर्धो बेहक नागरिक हुँ ।

हरेक पल्टफेरिने शासनले तिम्रो जीवन बदलिन्छ

तिम्रो भाग्य चम्किन्छ तिम्रो बर्ग फेरिन्छ

तर न मेरो जीवन बदलिन्छ न मेरो भाग्य चम्किन्छ

म एक निर्धोबेहक नागरिक हुँ ।।

हरेक पल्ट फेरिने शासन ले तिम्रो

रबाफ फेरिन्छ तिम्रो मिजास फेरिन्छ

तिम्रो अभ्युदय हुन्छ तर तिम्रो पैतलाले कुल्चि रहने

भुँइ मान्छे म एक निर्धो बेहक नागरिक हुँ ।।

लेखक नेपाल पत्रकार महासंघ रुकुम पश्चिम पुर्व अध्यक्ष तथा ई-प्रतिबिम्व डट कम संरक्षक २०७८ श्रावण ०४ , रूकुम पश्चिम ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता