तपाईकाे मास्क खै भन्दै सल्यानमा मास्क सप्ताह अभियान सञ्चालन

तपाईकाे मास्क खै भन्दै सल्यानमा मास्क सप्ताह अभियान सञ्चालन

सल्यान २०७८ श्रावन २८

कोरोना भाइरस रोकथाम तथा न्युनिकरणका लागी सल्यानमा मास्क सप्ताह अभियान  सञ्चालन गरिएको छ।

विज्ञापन

नेपाल सरकारले अगस्त ७ देखि अगस्त १३ सम्म मास्क सप्ताह मनाउने निर्णय गरे अनुसार आज सल्यानमा तपाइको मास्क खोइ भन्ने सन्देश लेखिएको ब्यानर सहित मास्क अभियान सञ्चालन गरिएको हो।

जिल्लामा  कोरोना भाईरसको संक्रमण रोक्न भिडभाड हुने क्षेत्रहरुमा पुगेर नागरिकहरुलाई अनिवार्य मास्क लगाउन अपिल गरेको छ ।

जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारण नागरिक मास्क लगाउन छोडेको र कोभिड १९ को संक्रमण दर पुनः बढ्दै जाँना थालेकाले जिल्लामा सचेतना सन्देश सहित मास्क अभियानलाई तिब्रता दिईएको छ । 

अभियानका क्रममा मास्क बिना भेटिएका नागरिकलाई कोरोनाको जोखिमका बारेमा सचेत पार्दै अनिवार्य मास्क लगाउन आग्रह गर्ने गरिएको छ ।

खलंगा पुरानो बसपार्क चोकबाट अभियान शुरु भएको विभिन्न बजारमा परिक्रमा गरी मास्क अभियान मार्फत नागरिकहरुमा नियमित मास्क लगाउन अपिल गरिएको थियो । 
सचेतना कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले कोरोना भाईरस संक्रमण फैलिदै गएकाले सबैले मास्क अनिवार्य लगाउन आग्रह गरिन । चोकहरुमा भिडभाड हुन नदिन र भिडभाड भएका क्षेत्रहरुमा समेत अनिवार्य मास्क लगाउन अनुरोध गरिन । 

कोरोना महामारीको संक्रमण तथा जोखिम कायमै रहेको र कतिपयले निकै लापरबाही गर्न लागेको भन्दै अभियान सुरु गरेको प्रहरीले जनाएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता