सल्यानमा आमाको हत्या गर्ने छोरा प्रहरी  नियन्त्रणमा

सल्यानमा आमाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा

साउन २३,सल्यान 

सल्यानमा लाठीले  प्रहार गरेर  आफ्नै  आमाको हत्या गर्ने छोरालाइ प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको शारदा नगरपालिका १३ माथिल्लो सल्यान चौरका अन्दाजी २३ वर्षीय नवीन भण्डारीलाइ  ४८ वर्षीय आमा शारदा भण्डारीको हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

विज्ञापन

मङ्गलवार बिहान ४ बजे आमाबुवा सुत्ने कोठा गई लट्ठीले टाउकोमा हानेर  नविनले आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हत्या गरेको आरोपमा नवीनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । हत्याको कारण खुल्न नसकेको उहाँको भनाई छ । घटनास्थलमा प्रहरी टोली पुगेको र आवश्यक अनुसन्धान कार्य अघि बढाएको प्रहरीको भनाई छ ।

जिल्लामा पछिल्लो समय आपराधिक घटना बढ्दै जान थालेका छन् । तीन दिन अघि मात्र शारदा नगरपालिका १४ मा एक महिलाको मकै बारीमा घाँस काट्न गएकी महिलाको घाँटी रेटी हत्या भएको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता